Techie IT
×
गृहपृष्ठसमाचारसुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : सभापति देउवा

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।

 

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

 

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

 

मंगलबार राति १ बजे हृदयघातबाट नेम्वाङको निधन भएको हो। बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस