Techie IT
×
गृहपृष्ठसमाचारभाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ?

भाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ?


जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कोसँग कति कती धरौटी माग ?
केशव तुलाधर,साधारण तारेखमा रिहा,
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
कलाधर देउजा –१५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे –७ लाख ५० हजार


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास प्रकरण

तपाईको प्रतिक्रिया दिनुहोस