Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली रक्तदाता संघ कतारको आयोजनामा “जीवन सुख:निरोग सुख”बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न

नेपाली रक्तदाता संघ कतारको आयोजनामा “जीवन सुख:निरोग सुख”बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न


दोहा – नेपाली रक्तदाता संघ कतारले “जीवन सुख:निरोग सुख; जीवन तनाव व्यवस्थापन, जीवनशैली र स्वस्थ आहार; आनन्दमय जीवन पद्धतिका प्रमुख आधार” बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ ।

संघले योग एवं आहार विशेषज्ञ तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको हो।

नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीको सभापतित्व तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको प्रमुख आतिथ्यता साथै गैरआवासीय नेपाली संघका अध्यक्ष रविना थापा र अन्तर्राष्ट्रिय रक्तदाता संघका सचीव तेज कटुवालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ नज्मा स्थित सालिमार इस्तानबुल रेस्टुरेन्टमा भएको कार्यक्रममा डाक्टर अधिकारीले शारीरिक र मानसिक स्वास्थ्य साथै जीवनशैली र दैनिक जिबनमा ग्रहण गर्ने भोजनका बारेमा जीवन उपयोगी ज्ञानका बारेमा जानकारी दिएका थिए।

कार्यक्रममा कतारमा स्थापित संघ संस्था प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता, पत्रकार, साथै  कतारबासी दाजुभाइ तथा दिदीबहिनी गरि कार्यक्रममा उल्लेखनीय उपस्थित रहेको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष खत्रीले कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै संघले मानवीय कार्यमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे

नेपाली रक्तदाता संघ कतारका सह कोषाध्यक्ष सबित्रा शर्माको स्वागत मन्तव्य बाट शुरूवात भएको कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश ढकालले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण सारदा भुजेलले गरेकी थिईन।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस