गृहपृष्ठ ∕ समाचार ∕ बाँके बस दुर्घटना : मृतकको पहिचान खुल्यो बाँके बस दुर्घटना : मृतकको पहिचान खुल्यो दीप संञ्चार भदौ २३, २०८० गते ९:३८ मा प्रकाशित बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् ।तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बिग्रेर रोकेको ना८ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बसमा दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना सवार थिए ।बस बेतहनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा, बर्दियाको रहेको बताइएको छ । घाइते २९ को नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचारट्याग : #breaking, #दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला