Techie IT
×
गृहपृष्ठसमाचारमानवता प्रवर्द्धनका लागि मानवसेवा आश्रमको अध्यक्ष सहितको टोलि बेलायतमा

मानवता प्रवर्द्धनका लागि मानवसेवा आश्रमको अध्यक्ष सहितको टोलि बेलायतमा


मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष सहित तीन जना प्रतिनिधि बेलायतका लागि उडेका छन् ।

टोलिमा आश्रमका महासचिव शुशिला केसी र सचिव सुमन बर्तौला छन् । २२ दिन बेलायतमा रहने यो टोलिले बेलायतमा रहेका नेपालीहरुमाझ सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि अन्तरक्रिया कार्यक्रम र बेलायतको विभिन्न सहरमा आमा सेमिनार आयोजना गर्नेछ ।

मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिल बाबु खड्काका अनुसार सेप्टेम्बर २४ तारिकका दिन बेलायतका लागि नेपालका महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा इम्पायर बेङक्वेटीङ हल, हाइस्ट्रिटमा र २५ तारिकमा नटिङ््घममा, १७ तारिकमा साउथ इस्ट लण्डनमा कार्यक्रम तय भएको छ । अन्य कार्यक्रमहरु तय हुने क्रममा छन् । विशेषगरी बेलयतमा यस पटक आमा सेमिनार प्रस्तुत हुनेछ ।

सबै कार्यक्रममा प्रवेश निशुल्क हुने र कार्यक्रमलाई सफल बनाउन सकैले स्वेच्छाले सहयोग गरे त्यसलाई स्वीकार गरिने मानवसेवा आश्रम यूके च्यापटर संयोजक खड्का बताउनुहुन्छ ।

मानवसेवा आश्रमले सम्बत् २०६९ (ई.सं २०१२ मा) मा परिवार बस्न बनाएको घरको दुई तला भाडामा लिइ हेटौंडा ५ सानोपखराबाट सेवा सुभारम्भ भएको थियो। यस आश्रमले नेपाललाई नै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ भने हाल सोही लक्ष्य प्राप्तीको लागि देशको २४ स्थानमा सेवाकेन्द्रहरु विस्तार गरी सेवालाई देशव्यापी बनाएको छ ।

लक्ष्य प्राप्तिका लागि नागरिकमा सामाजिक भावनाको विकास गराउने र सरकारलाई जोखिममा रहेका नागरिकको उद्धार र संरक्षणको प्रमुख दायित्वबाट विमुख हुन नदिने प्रयत्नमा मानवसेवा आश्रम रहेको मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारी बताउनु हुन्छ ।
उहाँको अनुसार, आजको एक्काइसौं सताब्दीमा समेत एक समूह मान्छेकै भेषमा जन्म लिएर पनि नारकिय जीवन विताउन बाध्य छन् । एक गाँस भोजन र एक सरो कपडाको अभावमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताइरहेका छन् ।

कति सडकआश्रित बनेका मनोरोगी महिला दिदीबहिनीहरु मठ मन्दिर र पाटी पौवामै समेत बलात्कृत हुने गरेका छन् । बृद्धबृद्धा र बालबालिकाको अवस्था यो भन्दा कम छैन । यस्तो दुराअवस्थालाई कहिले सम्म टुटुटुलु हेरीबस्ने रु संविधानले हरेक नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिदिएको छ तर व्यवहारतः यस्तो भइरहेको छैन ।

 

अभिभावकविहीनलाई अभिभावकत्व प्रदान गर्ने प्रयास र प्रयत्न निरन्तर गरिरहेका छौं तर देशलाई नै बेसहारा मुक्त बनाउने कुरा हाम्रो मात्र प्रयासबाट सम्भव छै्रन । त्यसैंले देश विशेषमा रहेका नेपाली नागरिकहरुको सहयोग र सद्भाव प्राप्त गर्न विशेष यात्रा सुभारम्भ गरिएको हो ।
११ बर्षमा मानवसेवा आश्रमले झण्डै ८५०० बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरी तीनको मानवोचित व्यवस्थापन गरिसकेको छन् । जसमध्ये करिब १६०० जना हाल मानवसेवा आश्रमको संरक्षणमा छन् ।


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस