Techie IT
×
गृहपृष्ठखेलकुदएसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

एसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत


एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ ।

बुधबार दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली स्वदेश आइपुगेको हो । भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएका नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

 

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले दुईवटा खेलेको थियो । दुईवटै खेलमा पराजित भए पनि नेपाली टिमको प्रशंसा भएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको गरेको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #एसियन कप क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस