Techie IT
×
गृहपृष्ठसमाचारबालिका बलात्कार कसुरमा १९ वर्षीय युवकलाई १८ वर्ष कैद,६ लाख जरिवाना

बालिका बलात्कार कसुरमा १९ वर्षीय युवकलाई १८ वर्ष कैद,६ लाख जरिवाना


उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई कैद र जरिबाना गर्ने फैसला गरेको छ ।

अदालतले १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९ वर्षीय सुशान्त मगर हुन् ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए ।

विस २०७८ फागुन १३ गते एक बालिकालाई मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #बलात्कार

तपाईको प्रतिक्रिया दिनुहोस