Techie IT
×
गृहपृष्ठसमाचारनेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक


एसिया कप–२०२३ अ्रन्तर्गत नेपालले भारतलाई मध्यम लक्ष्य दिएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४८.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको छ ।

नेपालका लागि आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ८ चौकाको मद्धतमा ५८ रनको योगदान गरे । उनलाई उत्कृष्ट सुरुवात गर्न कुशल भुर्तेलले सघाएका थिए । भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडे ।

कप्तान रोहित पौडेलले ५ रन, भीम सार्कीले ७ रन, कुशल मल्लले २ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २९ रन, गुलशन झाले २३, सोमपाल कामीले ४८ रन, करण केसीले २ रन, सन्दीप लामिछानेले ९ रन जोडे ।

भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिँदा मोहम्मद शिराजले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरको नाममा एकरएक विकेट रह्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #एसियन कप क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस