Techie IT
×
गृहपृष्ठसमाचारबलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ


२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : समाचार, समाज
ट्याग : #पक्राउ, #बलात्कार

तपाईको प्रतिक्रिया दिनुहोस