गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिप्लबको महत्वपूर्ण दस्तावेज सहित विवरण सार्बजनिक बिप्लबको महत्वपूर्ण दस्तावेज सहित विवरण सार्बजनिक प्रिया स्मृती गजमेर कात्तिक १, २०७६ गते १५:२७ मा प्रकाशित दाङ, दाङको राजपुर गाउपालिका वडा न ४ मुङ्रेठा खोलाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुको विवरण आज शुक्रबार दाङ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले हातहतियार खरखजनासहित पक्राउ परेका विप्लवका नेता तथा कार्यकर्ताहरुको विवरण सार्वजनिक गरेको हो ।पक्राउ परेकाहरुबाट लोड गरिएको पेस्तोल, गोलीसहित महत्वपूर्ण राजनीतिक दस्तावेज बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद बिक्रम शाहले जानकारी दिए ।प्रहरीले दुईवटा अमेरिकन कम्पनिका लोड गरिएको पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान,३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँ नगद समेत बरामद गरेको छ ।यसैगरी २४ थान मोवाईल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, चन्दा संकलनको लागि ठिक्क पारिएको पत्र, नेपाल कम्यूनिष्ट पार्टीको छाप, विभिन्न राजनीतिक दर्शनका किताबहरु बरामद गरेको सार्वजनिक गरिएको छ ।पक्राउ परेकाहरुलाई संगठित अपराध, राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’