गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पक्राउ परेका सबै विप्लब कार्यकर्ताको नाम सार्बजनिक पक्राउ परेका सबै विप्लब कार्यकर्ताको नाम सार्बजनिक प्रिया स्मृती गजमेर असोज ३०, २०७६ गते १७:२० मा प्रकाशित दाङ्ग, गएराति राजपुर गाउँपालिका ४ को मुन्ग्रेठाबाट पक्राउ परेका २१ जना विप्लब कार्यकर्ताको नाम प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्दसहितका नेता रहेका छन् । हाल उनी समूहमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज छन ।राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी पाटन, बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्दभ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना…काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णयजहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान