Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसांसद गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी

सांसद गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई ज्यान मार्ने उद्योगमा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारि भएको छ । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको जनाएको छ । सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् ।

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएकाले उनलाई पक्राउ पुर्जी जारि गरिएको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस