गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली दीप संञ्चार साउन २२, २०८० गते १९:०२ मा प्रकाशित आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको विमानले ब्यागेज नल्याएपछि यात्रुहरु आक्रोशित भएका छन् ।आइतबार राति १२ बजेर १८ मिनेटमा काठमाडौंमा अवतरण भएको फ्लाई दुबईको उडान नम्बर एफडीबी ५७४–५७३ को विमानले ७० वटा ब्यागेज दुबईमै छोडेर आएको हो ।साउदीको दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै काठमाडौं आएको फ्लाई दुबईको विमानले दुबईमा ७० वटा ब्यागेज छोडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।दुबईबाट विमान उड्दा मौसममा भएको खराबीले बढी इन्धन बोक्नु परेकाले यात्रुको ब्यागेज दुबईमा छोड्नु परेको झाको भनाइ छ ।‘हिजो काठमाडौंको मौसम राम्रो नभएकाले विमानले अतिरिक्त इन्धनसहित उडान गरेको थियो,’ झाले भने,‘मौसम खराब हुँदा नजिकको विमानस्थलसम्म पुग्ने र आकासमा होल्ड गर्ने बाहेक पनि अतिरिक्त इन्धन बोक्ने गरिन्छ । इन्धन बढी बोक्नु परेपछि लोड मिलाउन ७० वटा लगेज दुबईमा छोडिएको हो । आज ती सबै लगेज आउँछन् ।’काठमाडौं विमानस्थलका एक अधिकारीले भोलि दिँउसोसम्म सबै यात्रुको ब्यागेज दिने जानकारी दिए ।उनले भने, ‘यात्रुहरुको ब्यागेज जुन फ्लाइटले छोडेको थियो त्यसमा नै आउँछ । यात्रुहरुले ब्यागेज आएपछि कल गर्ने र्फम भर्नुभएको छ। यहीँ अनुसार कल गरेर हामी ब्यागेज लिन बोलाउँछौँ । ’फ्लाई दुबईले दुबईबाट ब्यागेज आएपछि यात्रुहरुलाई बोलाउने विमानस्थलका ती कर्मचारीले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै