गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली दीप संञ्चार साउन २२, २०८० गते १९:०२ मा प्रकाशित आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको विमानले ब्यागेज नल्याएपछि यात्रुहरु आक्रोशित भएका छन् ।आइतबार राति १२ बजेर १८ मिनेटमा काठमाडौंमा अवतरण भएको फ्लाई दुबईको उडान नम्बर एफडीबी ५७४–५७३ को विमानले ७० वटा ब्यागेज दुबईमै छोडेर आएको हो ।साउदीको दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै काठमाडौं आएको फ्लाई दुबईको विमानले दुबईमा ७० वटा ब्यागेज छोडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।दुबईबाट विमान उड्दा मौसममा भएको खराबीले बढी इन्धन बोक्नु परेकाले यात्रुको ब्यागेज दुबईमा छोड्नु परेको झाको भनाइ छ ।‘हिजो काठमाडौंको मौसम राम्रो नभएकाले विमानले अतिरिक्त इन्धनसहित उडान गरेको थियो,’ झाले भने,‘मौसम खराब हुँदा नजिकको विमानस्थलसम्म पुग्ने र आकासमा होल्ड गर्ने बाहेक पनि अतिरिक्त इन्धन बोक्ने गरिन्छ । इन्धन बढी बोक्नु परेपछि लोड मिलाउन ७० वटा लगेज दुबईमा छोडिएको हो । आज ती सबै लगेज आउँछन् ।’काठमाडौं विमानस्थलका एक अधिकारीले भोलि दिँउसोसम्म सबै यात्रुको ब्यागेज दिने जानकारी दिए ।उनले भने, ‘यात्रुहरुको ब्यागेज जुन फ्लाइटले छोडेको थियो त्यसमा नै आउँछ । यात्रुहरुले ब्यागेज आएपछि कल गर्ने र्फम भर्नुभएको छ। यहीँ अनुसार कल गरेर हामी ब्यागेज लिन बोलाउँछौँ । ’फ्लाई दुबईले दुबईबाट ब्यागेज आएपछि यात्रुहरुलाई बोलाउने विमानस्थलका ती कर्मचारीले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप