गृहपृष्ठ ∕ समाचार ∕ भारतको केदारनाथमा पहिरोमा कर्णालीका १७ जना बेपत्ता भारतको केदारनाथमा पहिरोमा कर्णालीका १७ जना बेपत्ता दीप संञ्चार साउन १९, २०८० गते २०:२८ मा प्रकाशित भारतीय राज्य उत्तराखण्डको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन्।केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुर्दा १९ जना बेपत्ता भएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्पकरसिंह धामीले बताए।पहिरोमा नेपालीले सञ्चालन गरेको एउटा ढावा (होटल) पनि बगाएको छ। केदारनाथ यात्रामा रहेका यात्रीहरु खाना खाने बेला पहिरो गएको बताइएको छ।पहिरोमा परेर कर्णाली प्रदेश घर भएका हरि बहादुरसहित उनको परिवारका सदस्य बेपत्ता भएका छन्। उनले पहिरो गएको ठाउँमा होटल सञ्चालन गरेका थिए। पहिरोमा परेर हरि बहादुरसहित उनका छोरा बीर बहादुर, पत्नी सुमित्रा, छोरी निशा पनि बेपत्ता भएका छन्।जिल्ला बिपत् प्रबन्धन अधिकारी नन्दन सिंह जरवारलाई उद्धृत गर्दै भारतीय पत्रिका जागरणले लेखेअनुसार हरि बहादुरको होटलमा खाना खान आएका कर्णालीको जुम्ला घर भएका मुन बहादुर बुढा र उनका छोरा धर्मराज बुढा पनि बेपत्ता भएका छन्। यस्तै, जुम्ला नै घर भएका लाल बहादुर कामी, चन्द्र कामी, सुखराम राउत र उनका छोरा जोरा राउत पनि बेपत्ता भएका छन्।नेपाली नागरिक मानबहादुर बोहरा, उनका छोरा अमर बोहरा, श्रीमती २६ वर्षीया अनिता बोहरा, छोरी १४ वर्षीया राधिका बोहरा, छोरी ८ वर्षीया पिंकी बोहरा, छोरा ७ वर्षीया पृथ्वी बोहरा र छोरा ६ वर्षीया जटिल बोहरा पनि बेपत्ता भएका छन्। उनीहरूको नेपालको स्थानीय ठेगाना भने खुलेको छैन।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #बेपत्ता तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप