गृहपृष्ठ ∕ आर्थिक ∕ नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु दीप संञ्चार साउन १७, २०८० गते ९:५५ मा प्रकाशित स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्युआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् ।क्युआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि कुर्न पर्ने बाध्यता थियो । टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पुरा भएको यकिन गर्न कठिन भइरहेको थियो । साथै ग्राहकहरूको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएस मार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो ।त्यसैगरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवै लाई अप्ठ्यारो भइरहेको थियो । एस सिटिले मर्चेन्टहरुलाई मोबाइल तथा वेब लगइन मार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनहरू देखिनै दिँदै आइरहेको छ । सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाई राख्न समेत कारोबार धेरै हुने ठाउँहरूमा झन्झटिलो तथा समय खर्चिनु पर्ने परिस्थिति थियो ।अब एलईडी स्क्रिनमा कारोबार भए लगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने कम्पनीले जनाएको छ । एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल पनि रहेको छ । यसलाई एस सिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसन द्वारा सजिलै कन्फिगर गर्न सकिने जनाइएको छ । स्मार्ट क्युआरमा आबद्ध बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरू द्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन् । मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेश पनि मिलाउन सकिने कम्पनीले जनाएको छ ।पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो ।क्याटेगोरी : आर्थिक, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप