Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए कतारको ४२ पदका लागि ८४ जनाको उम्मेद्वारी, दुई जना निर्विरोध

एनआरएनए कतारको ४२ पदका लागि ८४ जनाको उम्मेद्वारी, दुई जना निर्विरोध


गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कतारले दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत विभिन्न पदको लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ।

गत सोमबार सार्वजनिक गरिएको नामावलीको विरणअनुसार सम्पूर्ण पदमा गरी कुल ८४ जनाले मनोनयन दर्ता गरेको छन्।

जसअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आइसीसी०को ६ सदस्यको लागि ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। आइसीसीको सदस्यको लागि नारायणप्रसाद ढुङ्गाना, मिनराज वाग्ले, हैदर अलि अन्सरी, दुर्गाप्रसाद प्याकुरेल, विक्रम कार्की, तेज कटुवाल, प्रेमप्रसाद चलाउने, दिपजङ्ग शाह र श्रीकृष्ण भट्टराईबीच प्रतिस्पर्धा हुने भएको हो।

त्यस्तै अध्यक्ष पदको लागि पदम गिरी, रमेश भट्ट र जैबि राईबीच प्रतिस्पर्धा हुने भएको छ।

भने, प्रथम र द्धितीय उपाध्यक्ष पदको लागि ३–३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी तृतीय उपाध्यक्षमा २, महिला उपाध्यक्षमा २, युवा उपाध्यक्षमा २, महासचिवमा २, सचिवमा ७, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा समान ३–३, सदस्यमा ३८, लेखा समिति संयोजकमा २ र लेखा समिति सदस्यमा ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

महिला संयोजकमा शुष्मा खतिवाडा (कटुवाल) तथा युवा संयोजकमा मेहेदसिंह तामाङ भने निर्विरोध निर्वाचित भएका छन्।


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #NRNA, #एनआरएनए कतार, #कतार

तपाईको प्रतिक्रिया दिनुहोस