Techie IT
×
गृहपृष्ठग्लोबलदिप संचार मिडियाका प्रधान सम्पादक ठकुरीद्वारा आइसिसी सदस्यमा उम्मेदवारी

दिप संचार मिडियाका प्रधान सम्पादक ठकुरीद्वारा आइसिसी सदस्यमा उम्मेदवारी


दोहा – दिप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह ठकुरीले आइसिसी सदस्यमा उम्मेदवारी दिएका गरेका छन ।

ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३–२०२५ कार्यकालको लागि आइसिसी सदस्यमा उम्मेदवारी दिएका हुन।

दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका ठकुरीले झन्डै दशक भन्दा लामो समय देखि गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारीहरु बहन गर्दै आएका छन । हाल एनसीसी कतारको सचिवमा समेत रहेका ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनिय बनाउँदै राष्ट्रिय समन्वय परिषदका संभावित समस्या, अवसर र गतिविधिलाई अन्तराष्ट्रिय समन्वय परिषदसँग जोड्नु पर्ने अपरिहार्य आवस्यकता महशुस गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेद्धारी दिएको बताएका छन।

ईतिहासकै संगिन मोडमा उभिएको एनआरएनएलाई ‘सहमती, सहकार्य, एकता, आजको आवश्यकता’ भन्ने मुख्य अभिष्टका साथ सहज अवतरण गराउनको लागि एक कर्मठ सिपाहीको रुपमा अहोरात्र खाटिएर आफ्नो भुमिका निर्वाह गरिरहेका ठकुरीले एक प्रतिवद्धता जारी गर्दै कतारवासी गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा साथ, सहयोग र समर्थनका लागि अपिल पनि गरेका छन् ।

प्रतिवद्धता_सहित_हार्दिक_अपिल 🙏

आदरणीय कतारवासी नेपाली बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापीत संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासिय नेपाली संघ तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजीवी तथा व्यवसायी ज्यूहरु, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।

गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारीहरु बहन गर्दै हाल एनसीसी कतारको सचिवमा रही गैरआवासीय नेपाली संघमा देखिएको संघिन मोडलाई सहज अवतरण गर्न अविचलित भई, डर धम्की र प्रलोभनमा नपरि एक सच्चा सिपाहीको रुपमा अहोरात्र खटि रहँदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनिय बनाउँदै राष्ट्रिय समन्वय परिषदका संभावित समस्या, अवसर र गतिबिधिलाई अन्तराष्ट्रिय समन्वय परिषदसँग जोड्नु पर्ने अपरिहार्य आवस्यकता महशुस गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेद्धारी दिएको यहाँहरुलाई अवगत गराउँदछु ।

पत्रकारितामा स्नातकोत्तर सम्म र कानुन संकायमा स्नातक सम्मको अध्ययनलाई सदुपयोग गर्दै पत्रकारिता, सामाजिक उत्थान, मानवअधिकार र न्यायका क्षेत्रमा कृयाशिल रहँदै झण्डै दुईदशक भन्दा लामो अनुभवलाई अवलम्बन गर्दै गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष सहभागी हुँदै आए पनि सन २०१७ मा मात्रै पंन्जिकृत सदस्य हुँदै मध्यपूर्व मिडिया संयोजक, आईसीसी यूवा विभाग अन्तरगत ग्लोबल मिडिया संयोजक, एनसीसी सचिव, श्रमिक विभाग लगायत संघको विभिन्न जिम्मेवारी सम्हाल्दै आएको यहाँहरूलाई अवगत नै छ ।

सन् २०१० देखि नै एनआरएनएको मध्यपूर्व, एसिया प्यासिफिक, यूरोप, अफ्रिका, अष्ट्रेलिया र अमेरिकाज क्षेत्रसंग जोडिएर काम गरे पनि सन् २०१६ देखि हस्पिटालिटी, निर्माण तथा ट्रेडिङ्ग, रेष्टुरेण्ट एण्ड क्लब, कन्सलटेन्सी आदी व्यवसायहरु सञ्चालनका अलवा विभिन्न संघसंस्थामा बरिष्ठ सल्लाहाकार, प्रेस सल्लाहकार, सचिवालय संयोजक, मिडिया विभाग संयोजक, कानुनी तथा निति विभाग संयोजक, विधान मस्यौदा समिति संयोजक, पदाधिकारी लगायत विभिन्न जिम्मेवारी बहन गर्दै व्यवसायबाट प्राप्त मुनाफाको केहि अंशलाई मानविय कार्यमा समर्पन गर्नुपर्दछ भन्ने मुख्य अभिप्रायका साथ सामाजिक अभियानमा लागेको कुरा यहाँहरुलाई जानकार नै हुनुहुन्छ ।

कोरोना कहरको विषम प्रस्थितिमा गैरआवासीय नेपाली संघ मध्यपूर्वको मिडिया विभागको नेतृत्व सहाल्दै यश यस क्षेत्रमा नेपाली समुदायलाई कत्ती पनि विचल्ली हुन नदिन सत्य तथ्य सूचना प्रवाह गरी सुसूचित, उद्दार र राहतमा प्रत्यक्ष सहभागी भएको र भयावह कहरमा समेत आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी गैरआवासीय नेपाली संघ, कुटनितिक नियोग, कतार सरकार र नेपाली समुदायले सुम्पिएको महत्वपूर्ण जिम्मेवारीलाई कुशल कार्तयकौसलता र तथ्यपरक ढंगबाट तोकिएको समय सिमाभित्रै संपन्न गरी सुम्पिएका अनुभवहरुले अनन्त उर्जा मिल्ने गरेको छ ।

अग्रजहरुको अनुभव र आर्जनलाई सम्मान गर्दै विचार र ज्ञानको ठूलो भण्डार रहेको गैरआवासीय नेपाली संघको उद्देश्य र एनआरएन अभियानबाट अहिलेसम्म प्राप्त उपलब्धिलाई हृदयंगम गर्दै यसको मर्म, भावना र उदेस्य अनुरुप संस्थालाई अघि बढाउँन हरदम लागिरहने अठोटका साथ यो उम्मेद्वारी प्रस्तुत गरेको छु ।

सामाजिक कार्य प्रति उत्प्रेरित भई समाज प्रतिको मेरो उत्साह, लगनशिलता एवं क्रियाशिलतालाई यहाँहरूले दिनुभएको साथ, शुभेच्छा, प्रेरणा, हौसला, समर्थन र सल्लाह बमोजिम संघको केन्द्रीय कार्यकारी भुमिकामा रहि मध्यपूर्वमा रहेका नेपालीहरूलाई यस्को पवित्र अभिष्टलाई मूर्तरुप दिन, नेपाली पहिचान, कला, संस्कृति, व्यक्तित्व, आर्थिक आदि अवस्थाहरूलाई समृद्ध बनाउन र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता सहित संघलाई श्रमिकमैत्री, भ्रष्टाचार मुक्त र संघको छवि उच्च राख्ने मुख्य अभिप्रायका साथ मैले २०२३–२०२५ कार्यकालको लागि आईसीसी सदस्य पदमा उम्मेद्धारी दर्ता गराएको छु ।

यहाँहरूको माया, साथ, समर्थन, उत्प्रेरणा र हौसलाको सधैं ऋणी रहने छु र घोडा चड्ने मान्छे लड्छ भनेझै म बाटहुने मानवीय एवं प्राविधिक त्रुटीहरू रहेमा क्षेमायाचना सहित यहाँहरूको सत्मार्गदर्शनको अपेक्षा सहित यहाँहरूले आसन्न निर्वाचनमा मलाई अत्यधिक मतले विजयी गराईदिनुहुन सम्पूर्ण पञ्जिकृत सदस्यहरु ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।

दिपजंग शाह ठकुरी
उम्मेदवार : आईसिसी सदस्य ( २०२३–२०२५)
गैरआवासीय नेपाली संघ कतार


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस