Techie IT
×
गृहपृष्ठग्लोबलएनसीसी कतारद्वारा विभिन्न संस्थाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप ११ लाख रुपैयाँ प्रदान

एनसीसी कतारद्वारा विभिन्न संस्थाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप ११ लाख रुपैयाँ प्रदान


दोहा – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले २०२१ – २०२३ कार्यकालमा विभिन्न साँस्कृतिक कार्यक्रममा आबद्ध विभिन्न संस्थाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप लगभग ११ लाख रुपैयाँ प्रदान गरेको छ।

एनसीसी कतारको २०२१ – २०२३ कार्यकालको साँस्कृतिक एबम विभिन्न कार्यक्रमहरुमा आबद्ध विभिन्न  संस्थाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप ३० हजार कतारी रियल अर्थात (१० लाख ८० हजार नेपाली रुपैयाँ )प्रदान गरेको एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एक बिज्ञप्ती मार्फत जनाएका छन।

आज उनलेे एक बिज्ञप्ती मार्फत २०२१ – २०२३ कार्यकालका कार्यक्रमहरुमा सहयोग गर्ने सहयोगी, संघसंस्था र कलाकारहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेका छन।

अध्यक्ष मुसलमानले जारी गरेको बिज्ञप्ती

हार्दिक आभार!

मिति २७ जुन २०२३ मंगलबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजाको अवसरमा शुभकामना आदानप्रदान तथा एनसीसी कतारको २०२१ – २०२३ कार्यकालको सास्कृतिक एबम विभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने सहयोगी, संघसंस्था र कलाकारहरुलाई सम्मान तथा धन्यवाद कार्यक्रम – २०२३ दोहा स्थित डिप्लोम्याटिक क्लबमा भब्य र सब्य रुपमा सम्पन्न भएको छ।

यस भब्य कार्यक्रममा एनसीसी द्वारा कोभिड १९ महामारिमा नेपालमा अक्सिजन सिलिन्डर पठाउनका लागि राखिएको आर्थिक संकलन अभियानमा आर्थिक सहयोग गर्ने ब्याक्ती र संघ संस्थाहरुलाई प्रसम्सापत्र र डिसेम्बर २०२२ मा सम्पन्न फिफा २०२२ बिस्वकप लाई सफल बनाउन कतारको सरकारी तथा विभिन्न सम्यन्त्रहरुले आयोजना गरेको बिस्वकप लक्षित विभिन्न कार्यक्रमहरुमा आप्रवासी समुदायको सहभागीता नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनसीसी कतार द्वारा प्रस्तुत गरिएको बिभिन्न सास्कृतिक झाकिहरु र प्रस्तुतिहरु प्रस्तुत गरि बिश्वसामु नेपाली कला र सस्कृतिलाई चिनाउने कलाकारहरुलाई मायाको चिनो र प्रसम्सापत्रले सम्मान गरिएको थियो साथै कार्यक्रममा सहभागी र प्रस्तुत प्रस्तुतिहरु बापत फिफा कमिटी र सम्बन्धित निकायबाट प्राप्त रकममा एनसीसीको कोषबाट थप गरि कलाकारहरुको कलाको उच्च सम्मान गर्दै आगामी दिनहरुमा थप  बढाउने उधेस्यले प्रोत्साहन स्वरुप कलाकार आबद्ध संस्थाहरुलाई संस्थागत पारिश्रमिक पनि प्रदान गरिएको थियो।

एनसिको हरेक गतिविधिमा हातेमालो गर्ने सम्पुर्ण संघ संस्था, ब्याक्ती र नेपाली समाजको प्रतिनिधित्व गर्दै विश्वसामु नेपाल चिनाउने कलाकारहरु प्रती पनि आभार ब्यक्त गर्दछु।

एनसीसी कतारको सास्कृतिक बिभागको बिभागिय प्रमुख सामयुल सुनुवारको उत्कृष्ट समन्वय सफल जिम्मेवारी भुमिकाको कदर गर्दै कदर पत्रले सम्मान गरिएको थियो आगामी दिनहरुमा पनि यस्तै उत्कृष्ट जिम्मेवारीको निरन्तर अपेक्षा गर्दै सास्कृतिक संयोजक लाई धन्यवाद ब्यक्त गर्दछु।
एनसीसी कतारले २०१९- २०२१ मा पनि फिफा कल्ब बिस्वकप र कतारको नेसनल डेमा सहभागी कलाकारहरुको प्रस्तुतीबाट आएको केही रकममा एनसीसी कोषबाट थप गरि करि १५ हजार र २०२१ – २०२३ कार्यकालमा पनि फिफा प्रस्तुतिबाट आएको रकममा थप गरि करि १५ हजार गरि एकमुष्ट दुबै कार्यकालमा करि ३० हजार ( नेपाली रकम १० लाख ८० हजार हाराहारी) कलाकार आबद्ध संस्थालाई प्रोत्साहन स्वरुप प्रदान गरेको हो।

अन्तमा एनसीसी कतारको निमन्त्रणालाई सहर्ष स्विकार्दै कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि कतार स्थित नेपाली राजदुत महामहीम डा. नरेश बिक्रम ढकाल ज्यु, विशिष्ट अतिथिहरु गैरआवासीय नेपाली संघका अध्यक्ष ज्युहरु, उपाध्यक्ष ज्युहरु, आईसीसी पदाधिकारी ज्युहरु, कतार स्थित सम्पूर्ण नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, पत्रकारहरु र सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु प्रती आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि एनसीसी कतार प्रती यहाँहरुको सहयोग र सद्भावले निरंतरता पाउनेछ भन्ने अपेक्षा गर्दछु। धन्यवाद !

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस