Techie IT
×
गृहपृष्ठसमाचारदोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित

दोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित


दोहा – नेपालका चर्चित गायक तथा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, सचिव जिवन दाहाल र प्रतिष्ठान अन्तरगत गण्डकी प्रदेश संमन्वय समितिको वरिष्ठ उपाध्यक्ष माया गुरुङ्गलाईलाई कतारको प्रतिष्ठीत द टनेल लज एण्ड क्लबले सम्मान गरेको छ ।

प्रवासी नेपाली मञ्चको वृहत जन साँस्कृतिक कार्यक्रमका लागि दोहा आएका कलाकारहरुलाई दोहा स्थित क्लबले प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरेको हो ।

कतार सरकार अन्तरगत पर्यटन बोर्डबाट ‘‘ लेबलको वर्गिकरण प्राप्त क्लब नेपाली व्यवसायीहरुद्धारा संचालित क्लब हो ।

क्लबका संचालक रमेश के.सी, व्यवस्थापक सुरज शर्मा अधिकारी, मञ्चका अध्यक्ष प्रभात त्रिपाठी, प्रतिष्ठान कतारका अध्यक्ष शिवराम ढकाल र कतारका नेपाली व्यवसायी झविन्द्र आचार्यद्धारा संयूक्त रुपमा सम्मान गरिएको कार्यक्रमको सहजिकरण दिपजंग शाह ठकुरीले गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #कतार, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस