गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको लमहीमा “सरायँ नाच तथा खड्ग जात्रा” दाङको लमहीमा “सरायँ नाच तथा खड्ग जात्रा” शिवु खनाल असोज २६, २०७६ गते १६:२० मा प्रकाशित दाङ्ग, दाङको लमहीमा सरायँ नाच तथा खड्ग जात्रा निकालिएको छ । प्रत्येक वर्ष झै परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाच तथा खड्ग जात्रा यस वर्ष पनि दाङको लमहीमा निकालिएको हो ।पन्ध्रौं कोजाग्रत पूर्णिामाको दिन दाङ सहित देशैभर सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो । यस्तै २०६८ साल कालिका भगवती मन्दिरको स्थापना भएदेखि परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाच तथा खड्ग जात्रा यस वर्ष पनि किालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्त प्रसाद पाण्डेले बताएका छन् । लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित कालिका भगवती मन्दिरमा पुजापाठ गरेर हातमा आलम, खुडा, फूलपातीलिई बजार परिक्रमा गर्दै सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो ।यो नाच सबैभन्दा बढि अर्घाखाँची र गुल्मि जिल्लामा सरायँ नाच र खड्ग जात्रा निकालिने गरेको अध्यक्ष पाण्डेले बताए । विशेषगरी सरायँ नाच तथा खड्ग जात्रामा आलम, खुडा, तरवार लगायतका हातहतियारको शक्ति प्रदर्शन गर्ने गरिन्छ । सरायँ नाच, खड्ग जात्रा र शक्तिपिठमा हेर्नकै लागि गाउँ घरबाट बसाईसराइ सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कने गरेको कालिका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विष्णु गैरेले बताए ।सरायँ नाचको प्रचारप्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने र हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुने उनको भनाइ छ । सरायँ नाच तथा खड्ग जात्रा दाङ सहित देउखुरीको लमही, पिपरी, सिसहनिया, भावुवाङमा निकालिएको छ । यस्तै मन्दिरहरुमा बोका बलि दिने प्रचलन समेत रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न