Techie IT
×
गृहपृष्ठसमाचारथप १०६ जनामा कोरोना संक्रमण पुष्टि

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोनाभाइरस स‌ंक्रमण पुष्टि भएको जनाएको छ ।

बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार ५४१ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ ।

पछिल्लो २४ घण्टा ७४ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #Breakig, #corona

तपाईको प्रतिक्रिया दिनुहोस