Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाल व्यवसायी संघ द्वारा नियोग उप-प्रमुख खनालको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल व्यवसायी संघ द्वारा नियोग उप-प्रमुख खनालको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न


दोहा – नेपाल व्यवसायी संघ कतारले कतार स्थित नेपाली नियोगका उप-प्रमुख लक्ष्मण खानालको बिदाइ तथा सम्मान कार्यक्रममा शनिबार दोहामा सम्पन्न गरेको छ ।

 

संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्व एवं नियोग प्रमुख महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो कार्यकाल सकिन केही महिना बाँकी रहे पनि उप-सचीवमा बढुवा भई स्वदेश फिर्ता हुन लागेका उप-प्रमुख खनाललाई मायाको चिनो, सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो।

 

संघका उपाध्यक्ष आरके शर्माको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ठ अतिथि तथा उप-प्रमुख खनालले आफ्नो कार्यकाल भर संघसंग भएका सहकार्यहरू अविस्मरणीय एवं उपलब्धि मुलुक भएको जानकारी गराउँदै आफू नेपाल सरकारकै एक उप-सचीव भई निरन्तर सेवामा रहने हुँदा आगामी दिनमा समेत संघसंग प्रत्यक्ष अथवा अप्रत्यक्ष सहकार्य हुनेमा विश्वास व्यक्त गर्दै त्यसकालागि आफूँ प्रतिद्ध रहेको जानकारी दिए ।

संघका उपाध्यक्ष द्वय नरेन्द्र भाट र राज रेग्मीको शुभकामना मन्तव्य तथा संघका महासचिव रमेश भट्टले सहजीकरण गरेको कार्यक्रम विशेष रात्रि भोज सहित समापन भएको थियो ।


क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार
ट्याग : #breaking, #hot, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस