गृहपृष्ठ ∕ समाचार ∕ बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी बस्नेत थापा पक्राउ बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी बस्नेत थापा पक्राउ दीप संञ्चार चैत्र २०, २०७९ गते १८:३० मा प्रकाशित प्रहरीले बैंकिङ कसुरमा पूर्वराजदूत निरन्जनमानसिंह बस्नेतकी श्रीमती रेणुकुमारी बस्नेत थापालाई पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।प्रहरीका अनुसार उनले सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा भुवन घिमिरेसँग चार वर्षअघि ७५ लाख रुपैयाँ लिएको आरोप छ।तर, जग्गा पास नगरी उनी अमेरिका गएर बसेकी थिइन्। नेपाल फर्केपछि जग्गा नबेच्ने भन्दै घिमिरेलाई चेक दिएकी थिइन्। उनले दिएको चेकमा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो। सोही कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जन भट्टले ठगी आरोपमा बस्नेत पक्राउ परेको जानकारी दिए। उनले भने, ‘जग्गा मिलाइदिने प्रलोभनमा ठगी गरेको भन्दै हामीकहाँ जाहेरी पर्यो। यही क्रममा प्रहरी खोजी जुट्यो। ठगीमा संलग्न रेणुकुमारी थापा पक्राउ परिन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। थप तथ्य पछि खुल्दै जाला।’ पक्राउ परेकी बस्नेतका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।क्याटेगोरी : समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ