गृहपृष्ठ ∕ समाचार ∕ घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? दीप संञ्चार चैत्र १७, २०७९ गते २१:५९ मा प्रकाशित प्रवासी नेपालीहरुको ज्ञान शिप पुजी लाई एकीकृत गर्दै राष्ट्रको समृद्धिमा टेवा पुर्याउने पवित्र उद्देश्यले २००३ मा स्थापना भएको गैर आवसिय नेपाली संघमा स्थापनाको २ दशक बितिसक्दा पनि हरेक दुई बर्षमा निर्वाचन लक्षित गरेर सदस्यता आबहान हुनु ,प्रबिधीले उच्च छलाङ मारिसकेको ऐलेको समयमा पनि आफ्ना सदस्यहरुको ब्यक्तिगत बिवरण (डाटाको)उचित सम्रक्षण गर्न नसकि हरेक पटक नबिकरणको प्राबधान नभइ पुनस्शुरुवाती प्रकृया बाट नै सदस्यता बन्नु पर्ने बाध्यात्मक परिस्थिती सृजित गरिनुले यो संस्थाको बिस्वसनियता माथि नै प्रश्न उठने मात्रै नभएर सर्बसाधारणलाई सदस्यता लिने यो प्रकृया प्रति बितृष्णा बढ्दै गएको बर्तमान अवस्था छ।एनआरएनए सदस्यताको बिषयमा मैले २०१३ तिर नै आजिबन सदस्यताको संस्थागत फाईदा लगायतको बिषयमा स्पस्ट अवधारणा प्रस्तुत गरेको थिए तर दुर्भाग्य त्यो बिषयले न आईसिसी मा प्रबेश पायो न त एनआरएन जापानका हाल सम्मका अध्यक्ष हरुले तथ्यपरक तवरले राख्न सके।एनआरएन जापानको २०२१-२०२३ को नेतृत्वको दाबि गर्दै गर्दा मैले गर्ने कार्य हरु मध्ये प्रमुख कार्यहरुमा सदस्यता अभिवृद्धि सँगै कोश अभिवृद्धि गर्ने आधार सहितको आजिबन सदस्यताको योजना समेटेको थिए तर दुर्भाग्य संस्थालाई कमाइ खाने भाडोको रुपमा लिएका केही कथित एनआरएन हरुले प्रबिधिको चरम दुरुपयोग गरि परिचालित हरुको झुन्ड तयार गर्दै निर्वाचन रुपि नाटक मन्चन गरि प्रकृया पुरा गरेजस्तो गरेर सदस्यहरुको ब्यक्तिगत बिवरणको चरम दुरुपयोग गरि जनमतको अबमुल्यन गरे।जसको असर समग्र एनआरएन लाई पुग्नु मात्रै नभएर मुद्धाको रुप लिदै पररास्ट्र मन्त्रालय हुँदै अदालत सम्म पुग्यो फलत संस्था विभाजित हुने दुखद अवस्था आयो जुन अत्यन्त खेद जनक र दुखद हो ।स्थापना काल देखिनै कार्यकारिणि जिम्मेवारिमा रहेका हरुले यो संस्थाको सुन्दर पक्षहरु जनमानश मा पुर्याउदै यसको सदस्यता प्रति प्रेरित गर्नुको साटो जस्तो सुकै तिक्डम या हर्कत गरेर भएपनि जित्नै पर्छ भन्ने मानशिकता बाट प्रेरित हुँदै निर्वाचन केन्द्रित भएर आफुखुशी सदस्यता बनाउने कतिपय अवस्थामा चिनजान आफन्त या आफु अन्तर्गत को कम्पनिका कामदार या सेवाग्राहि हरु समेतको विवरण सम्बन्धित ब्यक्तिको जानकारी बिना दुरुपयोग गर्ने ९जुन अपराध हो० कुसन्स्कार को बिकास भएकोले सदस्यता बन्ने बिषय कहिलेपनि आम जनमानशको चासो या प्रथामिकताको बिषय बन्न सकेन।२०२१-२०२३ को आरएनए को निर्वाचन को तयारि अन्तर्गत जापानको सदस्यताको प्रारम्भिक चरण देखि निर्वाचन सम्ममा देखिएको बिबाद, कमजोरी प्रबिधि को दुरुपयोग गर्दै सदस्य हरुको व्यक्तिगत विवरणको चरम दुरुपयोग र तत्पस्चात बिकशित भएको बिग्रदो परिस्थिती र एनआरएनए को ईतिहासमै पहिलोपटक प्रमाणत पुस्टि भएका कुकर्म हरुलाई सुधार्न धेरै प्रयत्न नभएका हैनन तर दुर्भाग्य सुधार्नुको साटो त्यसलाइ राजनीतिक रंग दिएर दुई चार जना स्वार्थपरक पात्रहरुले आफ्नो कुकर्म लुकाउने र अभिस्ट पुरा गर्नको निम्ती बिधी बिधानको तिलान्जली दिदै भ्रस्ट नेताहरुको हलि बनि तिनैलाई भेटि चढाएर मनलाग्दि पद सृजना गरि संस्था फुटाएर प्रबासी नेपालीहरुलाई बिभाजित गराएर छाडे।एनआरएनए को दुखद बिभाजन सँगै जापानको हकमा त झन गल्ली गल्लिमा एनआरएनए का नेता गणहरु थपिए तर यहि देशमा क्षेत्रिय समिती बिभाजित र बिखन्डनको बाटोमा एक बर्ष देखि रुमल्लिरहदा पनि दुर्भाग्य सहि र गलतको उचित पहिचान गरि समाज एकीकृत गराउन सक्ने निस्वार्थ मर्द एनआरएनए को नेताको रुपमा जापानले पाउन सकेन र तत्कालिन परिस्थिती हेर्दा पनि यो नक्कली अभियनता हरुको चक्रब्युहु बाट बाहिर निस्कन सक्ने छाटकाट देखिदैन तथापी एकताको बिकल्प नभएकोले चाडो एकता भएर सुन्दर समाज निर्माण मा सबैले हातेमालो गरि अगाडी बढ्ने वातावरण बनोस भनी अपेक्षा यो पंक्तिकार को पनि निरन्तर छ र रहिरहनेछ।एनआरएनए अभियानमा आजको दिन सम्म आउँदैगर्दा यो अभियानले गरेका अनगिन्ती गर्बिला कार्य हरुले सकरात्मक उर्जा प्रदान गर्छ तर सँगै पदको लागि जस्तो सुकै निकम्मा हर्कत गर्ने सामाजिक अभियनता नाउका कलंक हरुले गर्दा यो संस्थाको साख गिर्दै गएको आभाश हुदा दुस्ख पनि लाग्छ।एक पटक को एनआरएन सधैको एनआरएन भन्ने स्लोगान अनुरुप नै एक पटक सदस्य लीइसकेको मान्छेले कि त आजिबन सदस्य हुन मिल्ने कि त सरल तरिकाले नबिकरण गर्न सक्ने र सदस्यताको गर्बिलो अनुभब र महत्त्व प्रस्ट्याउन सके यसले सकरात्मक गति लिने थियो।तर दुर्भाग्य हालसम्मकै कलंकीत ऐलेको क्ष्अअ कार्यसमितिले यो पटकको सदस्यता प्रकृयामा पनि अघिल्लो पटकको घटनाक्रम बाट पाठ सिकेर सुधारोन्मुख तिर लान्छ कि भन्ने झिनो आशा थियो तर यो पटकको सदस्यता प्रकृया हेर्दा सुधारोन्मुख भएर अगाडि बढेको कहि कतै अनुभुति हुन सकेको छैन।यसो कल्पना गरौ त चोर लाई जेल को चाबि दिएपछी कस्तो होला रु हो त्यस्तै छ एनआरएनए ले एडमिन अर्थात सदस्यता प्रमाणिकरण को लागि अनुमति दिने प्रकृया र त्यसपछि देखिएका परिणाम हरु।सदस्यता प्रमाणिकरण जस्तो सम्बेदनशील बिषयमा समग्र नेपालीहरुलाई स्वस्फुर्त सदस्यता लिनको लागि प्रेरित गर्न सक्ने खालको ठोस कार्ययोजना सन्देश मुलक सामाग्री साथै कुनै पनि संघ संस्थामा आबद्ध नभएको अथवा स्वच्छ छबि भएको ब्यक्तिहरुको एउटा समिती बनाएर एडमिन को जिम्मा दिदै सदस्यता आबहान गराउने हिम्मत किन एनआरएनए ले गर्न सक्दैन।ऐले चोर लुकेजस्तो लुकेर चोरि गरेजस्तो गरि सदस्यता बनाउदै हिड्ने हैन गर्बका साथ यो संस्थाले गरेका सत्कर्महरुलाई जनमानशमा बिभिन्न माध्यम बाट पुर्याउदै सदस्यता अभिब्रिद्धी र संस्थालाई स्वच्छ र सुन्दर बनाउन एकिकृत हौ।जय एन आर एनक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा