Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारका गोर्खालीद्वारा मानव सेवा आश्रमलाई पाँच लाख बढी सहयोग,गुरुङको अध्यक्षतामा नयाँ कार्यसमति चयन

कतारका गोर्खालीद्वारा मानव सेवा आश्रमलाई पाँच लाख बढी सहयोग,गुरुङको अध्यक्षतामा नयाँ कार्यसमति चयन


दोहा-गोरखा सेवा समाज कतारको बाहौं साधारण सभा सम्पन्न भएको छ।साधारण सभाले ओमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ।

जसको वरिष्ठ उपाध्यक्षमा बिमल न्यौपाने,प्रथम उपाध्यक्षमा बिकास श्रेष्ठ दितिय उपाध्यक्षमा सुजन धिताल,महासचिवमा अर्जुन संङग्रौला चयन भएका छन्।

त्यस्तै सचिवमा रुद्र भट्ट,कोषाध्यक्षमा राजेन्द्र पराजुली चयन भए भने सदस्यहरुमा दिनेश थापा,चित्र बहादुर थापा,इन्द्र बहादुर नेपाली रहेका छन।

समाजका निवर्तमान अध्यक्ष रामजी खत्रीको अध्यक्षता तथा गोरखा ग्लोबल समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता तथा मानव सेवा आश्रमका परिकल्पनाकार एवं मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष  आतिथ्यतामा सम्पन्न कार्यक्रममा आमा” सेमिनार साथमा व्यक्तित्व र नेतृत्व विकाश कार्यक्रम पनि सम्पन्न भएको  छ।

तन मन बचन र कर्मले सेवा गरौ”भन्ने सोचका साथ  २००३ मा स्थापित गोरखा सेवा समाज कतारले “आमा” सेमिनार साथमा व्यक्तित्व र नेतृत्व विकाश कार्यक्रम सम्पन्न गरेको हो।

प्रमुख प्रशिक्षक एवम् मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीको सहजीकरणमा  कार्यक्रम सप्पन्न भएको हो।

तन, मन, वचन र कर्मले सेवा गरौ’ भन्ने मुल नारालाई सावित गर्दै संस्थाले बाहौं साधारण सभाको अवसरमा   गोरखा शाखामा निर्माण हुँदै गरेको मानव सेवा आश्रम भवन निर्माणको लागि पाँच लाख एघार हजार एक सय एघार रुपैया सहयोग गरेको छ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्ने प्राय सबै बक्ताहरुले गोरखा सेवा समाज कतारले गरेको सामाजिक कार्यको खुलेर प्रसंशा गरेका थिए। 

 

उनीहरुले समाजले गरेको गतिविधिहरुको कतारमा भएका अरु संघसंस्थाले सिक्नु पर्ने बताए।कार्यक्रममा समाजको विभिन्न गतिविधिहरुमा सहयोग गर्नेलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको संचालन महासचिव बिकाश श्रेष्ठ स्वागत मन्तब्य बरिस्ठ उपाध्यक्ष ओमराज गुरुङले गरेका थिए।


क्याटेगोरी : समाचार, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस