गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:१४ मा प्रकाशित दाङ्ग , राजपुर गाउपालिका वडा नम्बर ७ को भैसाही नाकामा रहेको गौरी शंकर माध्यामिक बिद्यालयको तिन कोठे पक्कि भवन निर्माण हुने भएको छ । उक्त भवन २५ लाख १६ हजार ५ सय टिन रुपैयामा निर्माण हुने भएको हो । राजपुर गाउपालिकाको २५ प्रतिशत र छायाँ नेपाल नामक सस्थाको ७५ प्रतिशत लगानीमा तिन कोठे पक्कि भवन निर्माण हुने स्थानिय अमृत खड्काले बताए । गाउपालिका उपाध्यक्ष धनपती यादब, छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिर बहादुर पुन बीच भवन निर्माण गर्ने सहमति भएको हो । सहमति भए पछि अब छिट्टै निर्माण कार्य सुरु हुने बताईएको छ । माटो र ढुंगाको गारो टिनको छानो भएको उक्त भवन गत बर्षको बर्षातले भत्काएको थियो । २०३९ सालमा स्थापना भएको उक्त बिद्यालयमा अहिले दुई सय पचास जना बालबालिका अध्ययनरत रहेका छन् । राजपुरको अत्यन्तै बिकट बस्ति भैसाही नाकामा प्राथमिक बिद्यालय बाट शुरु भएको उक्त बिद्यालय निमाबि हुदै २०७४ सालमा माध्यामिक बिद्यालय संचालन गर्ने अनुमति पाएको थियो । गत बर्षको बर्षातले भवन भत्काई दिए पछि बालबालिकाको पठनपाठनमा समेत असर गरेको बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिर बहादुर पुनले बताए । भवन निर्माणका लागि दाता खोजि रहेका थियौ, संयोग नै भन्नु पर्छ नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन कुमार यादबको पहलमा छायाँ नेपाल नामक सस्थाले भवन बनाई दिने भएको छ,अब हाम्रा नानिबाबुले पक्कि भवनमा बसेर पढ्न पाउने भएका छन् स्थानिय युवा अमृत खड्काले खुशी हुदै भने । नाका क्षेत्रमा हाल माध्यामिक बिद्यालय भौवा,भैसाही र खंग्रा गरि तिन वटा माध्यामिक बिद्यालय रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्दभ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना…काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णयजहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान