गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:१४ मा प्रकाशित दाङ्ग , राजपुर गाउपालिका वडा नम्बर ७ को भैसाही नाकामा रहेको गौरी शंकर माध्यामिक बिद्यालयको तिन कोठे पक्कि भवन निर्माण हुने भएको छ । उक्त भवन २५ लाख १६ हजार ५ सय टिन रुपैयामा निर्माण हुने भएको हो । राजपुर गाउपालिकाको २५ प्रतिशत र छायाँ नेपाल नामक सस्थाको ७५ प्रतिशत लगानीमा तिन कोठे पक्कि भवन निर्माण हुने स्थानिय अमृत खड्काले बताए । गाउपालिका उपाध्यक्ष धनपती यादब, छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिर बहादुर पुन बीच भवन निर्माण गर्ने सहमति भएको हो । सहमति भए पछि अब छिट्टै निर्माण कार्य सुरु हुने बताईएको छ । माटो र ढुंगाको गारो टिनको छानो भएको उक्त भवन गत बर्षको बर्षातले भत्काएको थियो । २०३९ सालमा स्थापना भएको उक्त बिद्यालयमा अहिले दुई सय पचास जना बालबालिका अध्ययनरत रहेका छन् । राजपुरको अत्यन्तै बिकट बस्ति भैसाही नाकामा प्राथमिक बिद्यालय बाट शुरु भएको उक्त बिद्यालय निमाबि हुदै २०७४ सालमा माध्यामिक बिद्यालय संचालन गर्ने अनुमति पाएको थियो । गत बर्षको बर्षातले भवन भत्काई दिए पछि बालबालिकाको पठनपाठनमा समेत असर गरेको बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिर बहादुर पुनले बताए । भवन निर्माणका लागि दाता खोजि रहेका थियौ, संयोग नै भन्नु पर्छ नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन कुमार यादबको पहलमा छायाँ नेपाल नामक सस्थाले भवन बनाई दिने भएको छ,अब हाम्रा नानिबाबुले पक्कि भवनमा बसेर पढ्न पाउने भएका छन् स्थानिय युवा अमृत खड्काले खुशी हुदै भने । नाका क्षेत्रमा हाल माध्यामिक बिद्यालय भौवा,भैसाही र खंग्रा गरि तिन वटा माध्यामिक बिद्यालय रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप