गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:१४ मा प्रकाशित दाङ्ग , राजपुर गाउपालिका वडा नम्बर ७ को भैसाही नाकामा रहेको गौरी शंकर माध्यामिक बिद्यालयको तिन कोठे पक्कि भवन निर्माण हुने भएको छ । उक्त भवन २५ लाख १६ हजार ५ सय टिन रुपैयामा निर्माण हुने भएको हो । राजपुर गाउपालिकाको २५ प्रतिशत र छायाँ नेपाल नामक सस्थाको ७५ प्रतिशत लगानीमा तिन कोठे पक्कि भवन निर्माण हुने स्थानिय अमृत खड्काले बताए । गाउपालिका उपाध्यक्ष धनपती यादब, छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिर बहादुर पुन बीच भवन निर्माण गर्ने सहमति भएको हो । सहमति भए पछि अब छिट्टै निर्माण कार्य सुरु हुने बताईएको छ । माटो र ढुंगाको गारो टिनको छानो भएको उक्त भवन गत बर्षको बर्षातले भत्काएको थियो । २०३९ सालमा स्थापना भएको उक्त बिद्यालयमा अहिले दुई सय पचास जना बालबालिका अध्ययनरत रहेका छन् । राजपुरको अत्यन्तै बिकट बस्ति भैसाही नाकामा प्राथमिक बिद्यालय बाट शुरु भएको उक्त बिद्यालय निमाबि हुदै २०७४ सालमा माध्यामिक बिद्यालय संचालन गर्ने अनुमति पाएको थियो । गत बर्षको बर्षातले भवन भत्काई दिए पछि बालबालिकाको पठनपाठनमा समेत असर गरेको बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिर बहादुर पुनले बताए । भवन निर्माणका लागि दाता खोजि रहेका थियौ, संयोग नै भन्नु पर्छ नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन कुमार यादबको पहलमा छायाँ नेपाल नामक सस्थाले भवन बनाई दिने भएको छ,अब हाम्रा नानिबाबुले पक्कि भवनमा बसेर पढ्न पाउने भएका छन् स्थानिय युवा अमृत खड्काले खुशी हुदै भने । नाका क्षेत्रमा हाल माध्यामिक बिद्यालय भौवा,भैसाही र खंग्रा गरि तिन वटा माध्यामिक बिद्यालय रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल