Techie IT
×
गृहपृष्ठग्लोबलगल्फदशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन

दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन


दोहा-नेपाल सहित ५५ देशले सहभागिता जनाएको दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ मा ३५ हजार भन्दा बढीले अवलोकन गरेका छन्।

मार्च १५ देखि १९ मार्च सम्म चलेको दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ मा ३५ हजार भन्दा बढीले अवलोकन गरेका हुन ।

प्रदर्शनीमा ५ सय २३ अन्तर्राष्ट्रिय कम्पनी र १ सय ५२ स्थानीय कम्पनीको सहभागिता रहेको कतार  नगरपालिकाले जनाएको छ।

प्रदर्शनीमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सहित अल्टरनेटिभ हर्वल प्रोडक्टस् प्रा लि, हिमालयन बायो ट्रेड, कन्चनजंघा टिस्टेट, ईलाम टी उत्पादन कम्पनी, एभरेष्ट लार्ज कार्डमम् उद्योगको सहभागिता रहेको थियो।यसैगरी नेपाल डेरी एसोसिएसनको एक प्रतिनिधिमण्डलले पनि प्रदर्शनीको प्रत्यक्ष अवलोकन तथा बिटु बि अन्तरक्रिया गर्ने उद्देश्यले भिजिटरको रुपमा सहभागिता जनाएको थियो।

<span;>प्रदर्शनी (एग्रीटक्यू) २०२३ ले कृषि र खाद्य सुरक्षा मुद्दाहरूमा धेरै कार्यशालाहरू र छलफलहरू आयोजना गरेको थियो ।

प्रदर्शनी समापन कार्यक्रममा नगरपालिका मन्त्री डा अब्दुल्लाह बिन अब्दुलअजीज बिन टर्की अल सुबाइले सहभागी तथा प्रायोजकहरुलाई सम्मान गरेका थिए।

प्रदर्शनीमा नगरपालिका मन्त्रालय र सहभागी संस्थाहरूको समूहबीच सम्झौता र समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ।

सहभागी तथा आगन्तुकहरुले दशौं संस्करण कतारका लागि सफल भएको भन्दै आयोजकको प्रशंसा गरेका थिए।

कतारी कृषि क्षेत्रलाई खाद्य सुरक्षाको मेरुदण्डका रूपमा स्तरोन्नति गर्न नयाँ क्षितिजको खोजी गर्ने रणनीतिक मञ्चका रूपमा प्रदर्शनीले विशेष महत्त्व प्राप्त गरेको उनीहरूले बताए।

प्रदर्शनीसँगै भएको वैज्ञानिक सम्मेलन पनि आइतबार चार कार्यशाला आयोजना गरी समापन भएको थियो जसमा खाद्य सुरक्षासम्बन्धी अनुसन्धान र अध्ययनका ५४ कार्यपत्र प्रस्तुत गरिएको थियो।

कृषि क्षेत्रमा भएका आविष्कार र प्रविधि र जलवायु परिवर्तनका समस्यालाई सम्बोधन गर्ने उपायका साथै विभिन्न विषयमा छलफल गरिएको थियो । साथै, पत्रहरूले खाद्य सुरक्षाका लागि राष्ट्रिय रणनीतिको सही र प्रभावकारी आधार र सिद्धान्तहरू कार्यान्वयन गरी खाद्य सुरक्षाका लागि कतारको रणनीतिलाई प्रवर्द्धन र विकास गर्ने तरिकाहरू सम्बोधन गरेको थियो। पत्रहरूले खाद्यान्न व्यवस्थापन र भण्डारणका लागि आधुनिक विधिहरू अपनाउँदै खाद्य सुरक्षा जागरूकतालाई सुदृढ गर्ने तरिकाहरू पनि विचार गरे।

उनीहरुले स्थानीय खाद्यान्नको बारेमा जनचेतना फैलाउन र स्थानीय खाद्य उत्पादनलाई सहयोग गर्नुपर्नेमा जोड दिए


क्याटेगोरी : समाचार, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस