संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने
दोहा – कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाल व्यवसायी संघ कतार र निर्यात व्यवसायी महासंघ नेपाल वीच व्यापार प्रर्वद्धन गर्ने मुख्य आभिप्रायका साथ द्धिपक्षिय सम्झौता (एमओयू)मा हस्ताक्षर भएको छ।
आइतबार नेपाली दूतावास कतारमा भएको कार्यक्रममा नेपालका उत्त्पादित मौलिक तथा विशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने उदेश्यका साथ संघ र महासंघ वीच सम्झौत भएको हो।
संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्त्व एवं कतार स्थित नेपाली कुटनितिक नियोगका महामहिम राजदुत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्य र महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियोे।
कार्यक्रममा दूतावासका प्रथम सचिव भुवन भट्ट, लेभर कन्सुलर टिकामणि न्यौपाने, सरकारको पूर्ण स्वामित्व रहेको नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महा-प्रबन्धक संगिता यादव,संघका प्रमुख संरक्षक डा. देव काजी डंगोल,संरक्षक समीर मास्के, प्रमुख सल्लाहकार टिबि कार्की, सल्लाहकार शंकर प्रसाद न्यौपाने, कानुनी सल्लाहकार मोहम्मद रमजान अलि मियाँ, उपाध्यक्ष आरके शर्मा लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले सम्झौताको उदेश्य प्राप्तिका लागि दुबै पक्ष कृयाशील रहने विश्वास व्यक्त गर्दै भने, “कागजी रंगाउने काम ठूलो कुरा हैन, कागजको भावना अनुरूप अगाडि बढ्नु प्रमुख कडि हो ।” ढकाले थपे “आज सम्म चल्ने ५ दिने अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा जुन सफलता प्राप्त भएको छ त्यसको श्रय नेपालबाट पाल्नुहुने यहाँहरू सम्पूर्ण र नेपाल व्यवसायी सघंलाई जान्छ । हामीले नियोगका तर्फबाट अभिभावकि भूमिका संधै निर्वाह गर्नेछौं ।”
राजदूत ढकालले हस्ताक्षरित सम्झौताको पूर्ण पालना गर्न आग्रह गर्दै नियोगले पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवं संघका अध्यक्ष चम्लागाईले संघको मुख्य उदेश्य नै नेपाली व्यवसायीहरूको हक हितमा काम गर्ने कुराको अवगत गराउँदै भने, “हामी विदेशी लगानी स्वदेश भित्राउन, स्वदेश उत्पादन विदेशमा प्रवर्द्धन गर्ने कुरामा प्रतिवद्ध छौं । आज हस्ताक्षरित सम्झौता समेत त्यसैको एक अंश हो ।”
संघका कोषाध्यक्ष चुडामणि कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमलाई <span;>संघका उपाध्यक्ष शर्मा, प्रमुख सल्लाहकार कार्की, महाप्रबन्धक यादव, महासघंका उपाध्यक्ष घिमिरे लगायतले सम्बोधन गर्दै सम्झौताको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
साथै सम्बोधनका क्रममा वक्ताहरुले राजदूतावासबाट अपेक्षाकृत सहयोग एवं अभिभावकीय भुमिका प्राप्त गर्न विश्वास व्यक्त गरेका थिए।
कतार र नेपालको व्यवसायिक सम्वन्धमा यस मेला र दुई सस्था बीच हुने संझौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रर्वद्धनमा थप सहयोग पुग्नेछ ।
संघका सचीव पूर्ण पोखरीयाले सहजीकरण गरेको कार्यक्रममा प्रदर्शनीका लागि नेपालबाट आएका प्रतिनिधि मण्डलका सम्पूर्ण सदस्यहरू, संघ संग सम्बन्धित व्यवसायीहरू, संचारकर्मीहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस