Techie IT
×
गृहपृष्ठग्लोबलकतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न

कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न


दोहा-कोसी प्रदेश समन्वय परिषद,कतारको आयोजनामा बृहत ”Winter outdoor festival 2023″ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष चुडामणि कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली नियोग प्रमुख डाक्टर नरेश बिक्रम ढकाल को प्रमुख आतिथ्यता रहेको थियो।

नौ वटा जिल्ला संस्थाहरुको समन्वय रहेको कोसी प्रदेशमा दोहामा रहेका बिभिन्न सस्था प्रमुख तथा प्रतीनिधीहरुको उपस्तिथी रहेको थियो।

कार्यक्रममा नियोग प्रमुख ढकालले “जसरि कोसी प्रदेश नदिको नामबाट राखिएको छ त्यसरि नै त्यहाँका मानिसहरु नदी जस्तै निस्वार्थ भएर सामाजिक हुन भन्दै यहाँ सिकेको अनुभबलाई नेपालामा पनि लागु गर्न अनुरोध गरे।

दुर्गा प्याकुरेलको स्वागत मन्तव्य र लुना खतिवडाको नृत्य बाट शुरु भएको कार्यक्रममा चर्चित गायिका रचना रिमालले दर्शकलाई भरपुर मनोरन्जन दिएकी थिईन। स्थानिय कलाकारहरुको पनि दमदार प्रस्तुती रहेको कार्यक्रममा  गौतम तामाङ्,मान बहादुर थापा मगर्, मनिश गोस्वामि,बिरेन्द्र श्रेष्ठ , प्रेम राई सुर्जे तामाङ आदिले आफ्नो प्रस्तुती दिएर दर्शक नचाएका थिए भने लुना खतिवड,रेस्मा प्याकुरेल,शान्ति ओलि , शृस्टी लामा आदिले आफ्नो नृत्य देखाएर कार्यक्रमको रौनक  बढाएका थिए।

सहभागि सम्पुर्ण कलाकारहरुलाई कदर पत्रले सम्मान गरीएको थियो ।

कार्यक्रममा नेपाल बाट आएकी अतिथी कलाकार रचना रिमालले एक दर्जन भन्दा बढी गितमा आफ्नो प्रस्तुती दिएकी थिईन।”तिमी त पोखरेली” बाट गाउन शुरु गरेकी रिमालाले दर्शक लाई भर्पुर मनोरन्जन दिएकी थिईन  ।

कार्यक्रममा सहभागि  जिल्ला सस्थालाई कदर – पत्र समेत प्रदान गरिएको थियो। कार्यक्रमका सभापती कार्कीले  कार्यक्रम सम्पूर्ण कोसी प्रदेशको भएकाले सबैको साथ र सहयोग सधै रहने मा ढुक्क रहेको बताए।

कार्यक्रम सफलता हुनु भनेको हामी कोसी प्रदेशका ब्यक्तीहरु सफल भएको उनले बताए।सांस्कृतिक कार्यक्रमको संम्योजन रबिन मगरले गरेका थिए  निरन नेपालले कार्यक्रम संन्चालन गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस