Techie IT
×
गृहपृष्ठसमाचारडीआईजी अशोक सिंहले दिए राजीनामा

डीआईजी अशोक सिंहले दिए राजीनामा


काठमाडौँ।नेपाल प्रहरीका डिआइजी अशोक सिंहले राजीनामा दिएका छन ।

उनले उमेरलगाएतका विवादमा परेपछि राजिनामा दिएका हुन । सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनसवाललाई बतायो ।

उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको स्रोतले बतायो । केही दिन पहिले उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उनी २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए ।

२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष रहेको छ । तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख गरिएको जनाईएको छ ।

उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरणमा जन्म मिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख रहेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष रहेको छ ।गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस