गृहपृष्ठ ∕ समाचार ∕ सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा दीप संञ्चार माघ २३, २०७९ गते ९:०८ मा प्रकाशित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासङ्घले निन्दा गरेको छ । महासङ्घले आइतबार विज्ञप्ति जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’, भनेको छ ।‘संसद्को चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग जोड्दार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति चिन्तासमेत व्यक्त गरिएको छ ।युनियनद्वारा खेद प्रकटनेपाल प्रेस युनियनले संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति लामिछानेले सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको भन्दै खेद प्रकट गरेको छ । सभापति लामिछानेले पत्रकारिता क्षेत्रलाई प्रमाणहीन आरोप लगाएको युनियनले उल्लेख गरेको छ ।‘पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन्, आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युुनियनको छ’ युनियनद्धारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनटुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा… धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु