Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समय तालिका

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समय तालिका


असोज २२ काठमाण्डौ
चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको समय तालिका सार्वजनिक भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी असोज २५ गते काठमाडौं आउने छन् । उनको भ्रमण दुई दिने रहने मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा उल्लेख गरिएको छ । चिनियाँ राष्ट्रपति असोज २४ मा भारतको चेन्नई पुग्ने र त्यसपछि असोज १२ मा सीधै काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको हो । नेपाल र भारत दुवै देशमा एक/एक रात बिताएपछि असोज २६ मा उनी बेइजिङ फर्किनेछन् । सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच केही परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चिनियाँराष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रमसमेत रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस