Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रतियोगितामा बिबाद हुदा गोलि चल्यो

प्रतियोगितामा बिबाद हुदा गोलि चल्यो


असोज २० काभ्रे
काभ्रेमा आज गोलि चलेको छ । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् । उक्त बिबादमा एक राउण्ड गोली फायरिङ भएको र फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । काभ्रेको रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको महान् चाड दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस