Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाएनआरएनए अमेरिकाको युवा शिखर सम्मेलन सफल पार्न विभिन्न समिति गठन, रजिष्ट्रेशन पनि खुल्ला

एनआरएनए अमेरिकाको युवा शिखर सम्मेलन सफल पार्न विभिन्न समिति गठन, रजिष्ट्रेशन पनि खुल्ला


अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको युवा विभागले यहि आउँदो फेब्रुअरी २५ तारिखका दिन क्यालिफोर्निया बर्कलीमा युवा सशक्तिकरण र प्रभाव सम्बन्धि शिखर सम्मेलन कार्यक्रमलाई प्रभावकारी रूपमा व्यवस्थित गर्नका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेको छ त्यस्तै सम्मेलन तयारी, उद्देश्य अनि सहभागी हुनका लागि रजिष्ट्रेशन पनि खुल्ला गरिएको छ।

फेब्रुअरी २५ तारिक २०२३ मा अफ क्यालिफोर्निया बर्कलीको नेपाली युवा क्षमता, सीप, क्षमता अभिवृद्धि पनि नयाँ परिवेश र सूचना प्रविधि युवाको ज्ञान र ज्ञानलाई नेपालमा हस्तान्तरण,डिस्काउण्ड डेकवेक समावेशका विषयवस्तुमा छलफल हुने छ । यस सम्मेलनमा युवाहरूले आफ्नो समुदाय र बाहिरका सकारात्मक प्रभाव पार्ने उपाय केन्द्रित लक्ष्य राखेका छन्। उद्यमी तथा उद्यमिता, ऊर्जाशील प्रतिभा पलायन चुनौती, विषयगत विज्ञता र व्यावसायिक क्षमता विकास सामाजिक विकास, व्यावसायिक गाँजाको विकास, आर्थिक र प्रभावकारी वातावरण, विद्यार्थी र विद्यार्थी जोड्ने विषय बस्तुमा विज्ञ, नीति निर्माता, युवा र बिच प्रस्तुत र समूहगत छलफल हुने प्रमुख लक्ष्य यस सम्मेलनको रहेको छ।

त्यस्तै नेपाली विज्ञ तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरू एकजुट गराई समृद्ध नेपालको निर्माणको खाका तयार पारिने कार्यक्रमको उद्देश्य रहेको छ।सम्मेलनमा नेपालका विभिन्न विषय विज्ञहरू, नेपाली डायस्पोरामा ख्याति प्राप्त व्यक्ति र व्यावसायिक समुदाय, युवा पीढीलाई सहयोग र टेवा उद्देश्यले मञ्चमा घनीभूत छलफल हुनेछ । शिखर सम्मेलनको प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस महामन्त्री तथा माननीय सांसद गगन कुमार थापा उपस्थिति रहने छ।

युवा शिखर सम्मेलनको सञ्चालन समिति यस्तो छ

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा युवा, बिधार्थी र खेलकुद बिभागका प्रमुख सुमन थापा र युवा संयोजक त्रिभुवन पाण्डेले युवा सम्मेलनको संयोजकत्व गर्दै आएका छन् भने एनआरएन अमेरिकाको सचिबालय, वेष्टकोष्ट रिजन, क्यालिफोर्निया च्याप्टर, नेपाली स्टुडन्ट एसोसिएसन यूसी बर्कली, कार्यक्रमलाई सफल पार्न सक्रियता बढाएका छन्।

कार्यक्रमलाई प्रभावकारी रूपमा व्यवस्थित गर्नका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरिएको छ।सम्मेलन तयारी को लागि ११ सदस्यीय संचालक समिति र ३ सदस्य कोष व्यबस्थापन समिति र सम्मेलन १ जना संयोजक र २ जना सह- संयोजकहरु चयन गरिएको सचिवालयले जानकारी गराएको छ भने ११ वटा मिडिया हाउसहरु लाई मिडिया पार्टनरहरु चयन गरिएको छ ।

११ सदस्य संचालन समितिमा :

बुद्दि सगर सुबेदी (अध्यक्ष )

सुमन थापा ( उपाध्यक्ष)

अन्जन कुमार चौलागाई (महासचिव )

अनुप खनाल (सचिव )

सुनिता कंडेल (महिला सचिव )

राजीव श्रेष्ठ (कोषाध्यक्ष)

त्रिभुवन पाण्डे (युवा संयोजक)

श्रीराम थापा (आरसीसी वेस्ट रिजन )

आग्नी चौलागाई (सचिवालय सदस्य )

संदेश उप्रेती (संयोजक युवा टास्क फोर्स )

एक देव शर्मा (क्यलिफोर्रनिया च्यापटर अधक्ष्य )

३ सदस्य कोष व्यबस्थापन समितिमा:

संदेश उप्रेती (संयोजक ),रमेश भट्ट (सह संयोजक ), हरी ओझा (सह संयोजक )

युवा सम्मेलन संयोजकहरु

त्रिभुवन पाण्डे (संयोजक) ,रमेश भट्ट (सह संयोजक),मिलन जुङ्ग कटुवाल (सह संयोजक)

मिडिया पार्टनरहरु :

जनसवाल राष्ट्रिय दैनिक, यूयस खबर,क्यानाडा खबर, सुर्यदय न्यूज ,नेपलिज डायेस्पोरा,नयाँदैनिकी डटकम, रिपोटर्स क्लब अमेरिका, टिबी सन्डे ,समाज टाइम्स नेपाल लाइव र इनेपलिज़ डटकम रहेको छ।

उक्त सम्मेलनमा सहभागी हुनका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ। तल उल्लेखित लिंक मा गएर रजिष्ट्रेशन पनि गर्न सकिनेछ।

रजिष्ट्रेशन : https://www.eventbrite.com/o/nsa-at-uc-berkeley-amp-nrna-youth-committee-usa-59143354603


क्याटेगोरी : ग्लोबल, अमेरिका, समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस