Techie IT
×
गृहपृष्ठग्लोबल७२ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा कतारमा वृहत रक्तदान कार्यक्रम हुदै

७२ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा कतारमा वृहत रक्तदान कार्यक्रम हुदै


दोहा-नेपाली रक्तदाता संघ कतारले कतारमा  वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली रक्तदाता संघको समन्वयमा कतारमा स्थापित ७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन् ।

नेपाली रक्तदाता संघको समन्वयमा कतारमा स्थापित गैरआवासीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद कतार,गण्डकी प्रदेश समन्वय परिषद, कतार, प्रदेश नं १ समन्वय परिषद कतार, गोरखा सेवा समाज कतार,संखुवासभा समाज कतार, चितवन युवा समूह कतार, मोरङ सुनसरी सेवा समाज कतार,म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार,सर्लाही प्रवासी सेवा समाज कतार,नेपाली जनप्रगतिशिल मंच कतार, नवलपुर सेवा समाज कतार, बागलुङ सेवा समाज कतार,लोक तथा दोहोरी गित प्रतिस्ठान कतार,मितेरी समाज कतार,लुम्बिनी प्रदेश समन्वय परिषद कतार,गुल्मी सेवा समाज कतार,अर्घाखाँची सेवा समाज कतार,समाजसेवा अभियान रुपन्देही कतार,प्युठान सेवा समाज कतार,दाङ्ग देउखुरी सेवा समाज कतार,बुद्ध भुमी कपिलवस्तु सेवा समाज कतार,पाल्पाली सेवा समाज कतार,रोल्पा सेवा समाज कतार,नवलपरासी सेवा समाज कतार,बाके सेवा समाज कतार,कणाली प्रदेश सेवा समाज,कतार,ठकुरी सहयोग सन्जाल कतार,अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज कतार,
स्याङ्जा सहयोग समाज कतार,पर्वत समाज कतार,काठमाण्डौ म्युजिकल ब्यान्ड कतार,कास्की आदर्श समाज कतार,कार्डस अर्गनाइजेसन कतार,सिन्धुली सेवा समाज कतार,तनहु सेवा समाज कतार,सन्ध्या ग्रुप अलखोर कतार,अनेसास- नबोदित साहित्य वाचन डबली, झापाली समाज कतार,प्रवासी नेपाली एकता मंच;कतार,एकीकृत प्रवासी श्रमिक संघ कतार,नेपाल इन्जिनियर्स एसोसियन कतार,लमजुङ सेवा समाज कतार,नेवा पु:च कतार, नेपाली श्रमिक कल्याणकारी संघ कतार, नेपाली प्रवासी श्रमिक संघ कतार,अन्तर्राष्ट्रिय नेपाली समाज कतार, बिबेकशिल साझा कतार, नेपाली महिला समाज कतार,नेपाली जन प्रगतिशील मोर्चा कतार,ओखलढुंगा सेवा समाज कतार,सिरहा सेवा समिति कतार,धनकुटा सेवा समाज, कतार,नेपाल मगर संघ शाखा कतार, पाथीभरा सेवा समाज कतार,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार,सुदुरपस्चिमेली नेपाली समाज कतार,दलित एकता संजाल कतार,नेपाली जनसम्पर्क समिती कतार,नेपाल पत्रकार महासंघ कतार,परियार मित्रता समाज कतार,नेपाल आदिवासी जनजाती महासंघ कतार,प्रवासी नेपाली मंच कतार,कर्णाली प्रदेश समन्वय परिषद कतार,प्रवासी नेपाली समुदाय कतार, खस क्षेत्री सेवा समाज कतार, नेपाली समाज कतार,सुनसरी सिर्जनशील परिवार कतार, खोटाङ सेवा समाज, कतार उदयपुर प्रवासी सेवा समाज कतार,मधेस प्रदेश समन्वय परिषद कतार,नुवाकोट सेवा समाज कतारको संयुक्त आयोजनामा कतारमा वृहत रक्तदान कार्यक्रमको आयोजना  हुन लागेको हो।

मानवीय र परोकारी कार्यमा समन्वय र सहकार्यका लागि अध्यक्ष खत्रीले उक्त मितिमा कुनै कार्यक्रम नगर्न  कतारमा स्थापित सम्पुर्ण संघ-संस्थालाई अध्यक्ष खत्रीले आग्रह गरेका छन्।

शुक्रबारका दिन हमाद मेडिकलको ब्लड डाेनेट सेन्टरमा हुने कार्यक्रम बिहान ८ बजे बाट सुरु हुने र समयमै उपस्थित भई दिन पनि अध्यक्ष खत्रीले सबैलाई अनुरोध गरेका छन्।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस