गृहपृष्ठ ∕ समाचार ∕ सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! दीप संञ्चार पुस २८, २०७९ गते १७:५९ मा प्रकाशित सुखिपुरमा एक अपाङ्ग युवतीमाथी जबरजस्ती करणी भएको छ ।सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया घर भएकी ललिता कुमारी मंडल बाख्रा चराउन जादा गाउँकै कोसिलाल यादवको छोरा चन्दन यादव ले जवर्जस्ती करणी गरेका हुन् ।घरको आर्थिक अवस्था कमजोर भएकोले छोराहरु बैदेशिक रोजगारका लागि विदेसिएका छन्। राम्रो संग बोल्न र हिड्न नसक्ने ललितालाई पटक पटक करणी गरि पेटमा बच्चा बोकाई यादव परिवारले उल्टै धम्की दिने र ललिताको आमालाई समेत कुटपिट गरेको छन् ।पिडित पक्षलाई सहारा दिने कोहि नहुँदा परिवारको अवस्था जटिल बन्दै गएको छ। अपाङ्ग भएकी ललिताको अवस्था पनि दिनप्रतिदिन नाजुक हुँदै गएको छ। पुलिस चौकीमा उजुरी दिन जान्छन भन्ने डरले यादव परिवारले ठाउँ ठाउँमा मान्छे राखिएको पाइएको छ।रोजगारको सिलसिलामा कतार रहेको बताउने पीडितका भाइले गरेको अपिल जस्ताको त्यस्तै : मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया हो म विपन्न वर्ग परिवार बाट भएको कारणले गर्दा म लाई र मेरो family लाई कसैले सहयोग गरिएको छैन त्यसै कारण ले म हजुरहरु संग सहयोगको अपेक्षा राखी यो पोस्ट गर्न गई रहेको छु ।मेरो दिदी ललिता कुमारी मंडल अपांग हुनुहुन्छ र हामी आफ्नो जीवन यापन चलाउन वैदेशिक रोजगार को सिलसिलामा कतार आएका छौ । त्यसै गरि दिदी आमा बुवा घरमै काम गरि जीवन यापन गर्दै हुनुहुन्छ । यसै क्रममा मेरो दिदी बाख्रा चराउन जादा मेरै गाउँको कोसिलाल यादवको छोरा चन्दन यादव ले जवर्जस्ती करणी गरेको हुनाले हामी सारै अन्यायमा पुगेका छौ ।मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जवर्जस्ती करणी गरि मेरो दिदिको पेटमा बच्चा बोकाई अहिले उलटै चन्दन यादवको परिवार जनले मेरो ममिलाई गाली बेजती कुटपिट गरिरहेको छ । किन भने हामी पीडित विपन्न वर्ग का परेको हुनाले कोहि कसैले चसो राखदैन दिन प्रतिदिन मेरो दिदिको समस्या जटिल हुन पुगदैछ । तर केटा घरबाट फरार भैइ अनेकौं प्रकारका चाल चल्दै छ । दिन प्रतिदिन मेरो आमाले थाना जादा हेरिरहेको छ, पतारी थानामा हासको मासु, रक्सी लिएर विपक्षी र विपक्षीका चम्चा हरु ओहर दोहर गरिएको छ ।यता चन्दन यादव को बुवा उल्टै थर्काउदैछ छ कि तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनौ म अदालत लाई किनिहाल्छु, प्रहरीलाई किनि हाल्छु सरकारी वकिललाई किनिहाल्छु त्यति हिमत छ म मा तर तिमिहरुलाई छोडदिन ना-ना थरिका गाली दिईरहेको छ ।के यो हाम्रो देशमा न्याय छैन हामिहरु निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन,म र मेरो परिवार हजुरहरु संग अनुरोध गर्द्छु कि कृपया हामिलाई न्याय दिलाउनु सहयोग गर्नुस मेरो घरको नम्बर +9779829723458 हो न्यायिक सहयोगको लागि हजुरहरु संग अनुरोध 🙏साथ साथै हजुरहरु संग अनुरोध छि चन्दन यादव लाई जाहा देख्नु हुन्छ त्यही नै समाती जन कार्यवाही गर्नु जिल्ला प्रहरी लाई जानकारी गराइदिनु हुन अनुरोध छ ।🙏🙏क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनटुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा… धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ४सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु