Techie IT
×
गृहपृष्ठसमाचारएनसीसी यूकेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनसीसी यूकेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


लंडन – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतले नबवर्ष २०२३ को शुभकामना आदनप्रदान कार्यक्रम लन्डन स्थित ह्यरोमा आईतवार सम्पन्न गरेको छ।


एनसीसी अध्यक्ष सुनिल बाबु खड्काको सभापतित्व एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य र बेलायत भ्रमणमा रहेका बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेल रहेको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको नव नियूक्त प्रवक्ता शंशांक शर्माले बताएका छन् ।

कार्यक्रममा रिक्त रहेको पदपूर्ति गरिएको पदाधिकारीहरू क्रमश: उपाअध्यक्ष दिपक श्रेष्ठ, महिला सचिव सपना खनिया, सहकोषाअध्यक्ष उपेन पौडेललाई प्रमुख अतिथी आचार्यले सफथ ग्रहण गराएका थिए ।

त्यस्तै प्रवक्ता शशांक शर्मा र कार्यसमिती सदस्य अमन गौचनलाई समेत सफथ ग्रहण गराईएको कार्यक्रम उपाध्यक्ष दिपक श्रेष्ठको स्वागत मतव्यबाट शुरूवात गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले विदेशका नेपाली एक आपसमा मिलेर बस्नु पर्ने र संकटको बेलामा संघको सहयोग मातृभुमीमा निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका अर्का प्रमुख अतिथि आचार्य, विशेष अतिथि महेन्द्र कंडेल, संस्थापक सचीव चिरन्जिबी ढकाल, तमु धि यूकेका अध्यक्ष हरी गुरुङ र उपाध्यक्ष द्वय नारायण दत्त कंडेल र मोहन कार्की लगायतले एनसीसी बेलायत समय अनुसार आफ्नै गतिमा लगातार हिडीरहेको र संस्था ठूलो भैसकेको हुनाले संस्थामा साना तिना समस्याहरु हुनु कुनै आश्चर्य नभएको र यो संस्था सबै बेलायतबासी नेपालीहरुको साझा भएकोले सबैले माया गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै बेलायतको जनगणनामा एनआरएनए यूकेको भुमिकाको बारेमा उपाअध्यक्ष गोबिन्द खरेलले प्रकाश पारेका थिए । भने संघको स्थापना काल देखी अहिले सम्म मातृभुमी देखी विदेशमा रहेको नेपाली समुदायमा संघले गरेका कामको गतिविधि संघका उपाअध्यक्ष मोहन कार्कीले चर्चा गरेका थिए ।

कोषाध्यक्ष बिष्णु खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे आफ्नो कार्यकालमा कुनै पनी आर्थिक अनियमितता हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

रोचक चरणको अन्तरक्रियामा संचारकर्मीहरूको प्रश्नको जवाफ दिदै संघका उपाअध्यक्ष एवं कानुनबीद नारायण दत्त कंडेलले एनसीसी बेलायतमा विधि, विधान, नजीर र प्रक्रिया अनुसार काम गरिने र विधि-विधान विपरीत गतिविधि सैह्य नहुने जानकारी दिए ।

कंडेलले सामाजिक सद्भाव विथोल्ने, समाज विभाजन गर्ने, संस्थाको गरिमा धुमिल हुने गरि गाली गलौज र भ्रम फैलाउने गतिविधि कसैले नगर्न र नगराउन सम्बन्धित सबैमा अपील गर्दै यस्ता गतिविधिले स्वयंमलाई असर पर्ने तर्फ समेत सचेत गराएका थिए ।

कार्यक्रममा एनसीसी बेलायतलाई हरेम तवरले निरन्तर सहयोग गर्दै आएका संस्थापक सचीव चिरन्जिबी ढकाल र बेलायतको जन गणनामा नेपालीको पहिचान लेखाउने काममा सक्रिय पन्ध्र सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।

तिन चरणमा विभाजन गरिएको कार्यक्रमको सहजीकरण क्रमशः प्रवक्ता शशांक शर्मा र सचीव द्वय ज्ञानेन्द्र आले र बिष्णु चालिसेले गरेका थिए । भने कार्यक्रममा अतिथी सत्कार महिला उपाअध्यक्ष शकुन्तला गुरुङ र महिला सचीव सपना खनियाले गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस