Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५चार घण्टा पछि दुबै चालकको उद्घार

चार घण्टा पछि दुबै चालकको उद्घार


दाङ, देउखुरीमा आज शनिबार बिहान पौने तिन बजे दुर्घटना भएको छ । पूर्व बाट पश्चिम तर्फ आउदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र पश्चिमा देखि पूर्व जादै गरेको बा ५ ख ५२८३ नम्बरको यात्रु बस राप्ती गाउपालिका २ बराहखुट्टी स्थित एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटना हुदा बस र ट्रक चालक गम्भीर घाइते भएका छन् । बसका चालक कैलाली घोडा घोडी १ सुक्खड निवासी बर्ष २२ का अरुण चौधरीको अहिले बिहान ५ बजे उद्घार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा कैलाली गौरिगंगा नपा १० बस्ने बर्ष १९ कि तिप्रा चौधरी घोडाघोडी नपा १ बस्ने बर्ष १७ कि माया कुमारी उपाध्याय रहेका छन् । दुर्घटनामा सामान्य घाइते भएका हरुको सामान्य उपचार पछि डिस्चार्ज भैसकेको दाङ्ग प्रहरीले बताएको छ । ट्रक चालकको अझै पहिचान खुल्न सकेको छैन।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस