Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारखोलामा डुबेर दुई बालिकाको मृत्यु – deepsanchar

खोलामा डुबेर दुई बालिकाको मृत्यु – deepsanchar


दाङ, देउखुरीमा आज बिहीवार खोलामा डुबेर दुई बालिकाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका वडा नम्बर ९ बाङेताल निवासी कुमार घर्तीका १४ बर्षिया छोरी  टीका घर्ती र घोराही १० नारायणपुर बस्ने बर्ष १४ का निर्मला बोहरा रहेका छन।

आज बिहिबार अपरान्ह साढे पाँच बजेतिर घर नजिकै रहेको खोलामा नुहाउन गएको समयमा उनिहरु डुबेका थिए। निर्मली बोहोरा ठुली आमाको घरमा आएकी थिइन । मृतकको शब अहिले पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

मृतक टिकाले माध्यामिक बिद्यालय अमिलियामा कक्षा ९ मा अध्ययनरत थिइन भने निर्मलाले पनि नारायणपुर कै एक बिद्यालयको कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।

अस्पतालमा शबको पोष्ट मार्टम गर्ने डाक्टर नहुदा समस्या भएको अस्पताल श्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस