Techie IT
×
गृहपृष्ठसमाचारपाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु


पाल्पामाको   रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ  ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो । १८ जना घाइते भएका छन् ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस