Techie IT
×
गृहपृष्ठग्लोबलकाठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ” साङ्गितिक कार्यक्रम गर्ने

काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ” साङ्गितिक कार्यक्रम गर्ने


दोहा-काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ”कतारमा साङ्गितिक कार्यक्रम गर्ने भएको छ ।

नयाँ बर्ष २०२३ को अवसरमा  शुभकामना आदान प्रदान सहित “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ”ब्यान्डले साङ्गितिक कार्यक्रम गर्ने भएको हो ।
आफ्नो दोस्रो प्रस्तुति अन्तरगत  ब्यान्डले लाईभ म्युजिक धमाका  कार्यक्रम गर्ने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिएका छन।

कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अर्यालले बताए ।

कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले धेरै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

क्युएन डान्सको दमदार प्रस्तुति,नेपाली महिला समाज कतारका बालकलाकारद्वारा स्वागत नृत्य तथा नेपाली संस्कृति झल्कने विभिन्न समुदायहरुका मौलिक नृत्य , लाइभ दोहोरी, मैथिली तथा भोजपुरी गित संगीत पनि कार्यक्रमको आकर्षकको रुपमा रहने छन।

कार्यक्रम आउँदो जनवरी ६ तारिखका दिन कतार स्थित आइडियल ईन्डियन स्कुल अबुहमर को सभाहलमा हुनेछ ।


क्याटेगोरी : ग्लोबल, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस