गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित शारदा भुजेल मंसीर २६, २०७९ गते १५:२३ मा प्रकाशित दोहा – अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित भएका छन। अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुको साझा संस्था अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले विशेष कार्यक्रम मार्फत मियाँलाई कतारमा सम्मानित गरेको हो।विश्वका विभिन्न मानव अधिकारवादीहरुलाई सम्मान गर्ने क्रममा कतारको मानव अधिकारको क्षेत्रमा यसको प्रवर्द्धन तथा विकासमा उल्लेख्य योगदान दिए बापत नेपालका मियाँलाई पनि सम्मानित गरिएको थियोे ।अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका केन्द्रीय अध्यक्ष डाक्टर नेम सिंह पेमी र उपाध्यक्ष डाक्टर मोहम्मद बरोहामीको संयुक्त हस्ताक्षर रहेको सम्मानपत्रमा मियाँले कतारमा रहेका आप्रवासीहरुको मानव अधिकारको रक्षा एवं मानव अधिकारको विकास र प्रवर्द्धनमा उल्लेख्य भुमिका खेलेको उल्लेख्य गरिएको छ।बिगत दश वर्ष देखी कतारको राष्ट्रिय मानव अधिकार आयोगसंग आवद्ध रहि मानवीय कार्य गर्दै आएका मियाँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सम्मानित हुने कतारमा पहिलो नेपाली हुन। मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल