Techie IT
×
गृहपृष्ठसमाचारजन्मनेबित्तिकै बच्चाको हत्या गरेको आरोपमा आमा पक्राउ

जन्मनेबित्तिकै बच्चाको हत्या गरेको आरोपमा आमा पक्राउ


सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हेलम्बु गाउँपालिका-५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको डिएसपी बुढाथोकीले बताए।

हत्यापछि घरभन्दा ५० मिटर टाढा रहेको सार्वजनिक खरबारीमा दुई फिट खाडल खनेर उनले शिशुलाई पुरेकी थिइन्।

शिशुको हत्यापछि पुरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

शवको पोष्टमर्टमको लागि अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रबिनाका श्रीमान तीन वर्षदेखि विदेशमा छन्।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस