गृहपृष्ठ ∕ समाचार ∕ खानतलासीको नाममा प्रहरीले ज्यादती गरेको वडाअध्यक्षको आरोप खानतलासीको नाममा प्रहरीले ज्यादती गरेको वडाअध्यक्षको आरोप दीप संञ्चार कात्तिक ३०, २०७९ गते १६:३४ मा प्रकाशित रूपन्देहीको सियारी गाउँपालिका-१ का वडाअध्यक्ष अरुण शाहीले प्रहरी प्रशासनले खानतलासीको नाममा ज्यादती गरको आरोप लगाएका छन् । उनका अनुसार प्रहरीले मंगलबार मध्यराति घरैमा आएर आफूले प्रयोग गर्ने बा१६च २३६३ नम्बरको गाडी खानतलासीको नाममा टर्चर दिएको छ ।वडाअध्यक्ष शाहीले बुधबार सियारी-१ निवासमा पत्रकार सम्मेलन आयोजना गरी घटनाबारे जानकारी दिएका छन् । खानतलासी गर्न पाउने प्रहरीको अधिकार भए पनि खानतलासी पुर्जी नदिई एक्कासि आएर राजनीतिक प्रतिसोध साँधेको उनको भनाइ छ ।पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्केको थियो । सवारी चेकजाँच गर्दा उनी घरमा थिएनन् । वडाअध्यक्षको गाडी शंकास्पद भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति चेकजाँच तथा खानतलासी गरेको थियो ।वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपाल नेतृत्वमा गएको टोलीले मध्यरातमै माथिको आदेश भन्दै खानतलासी गरेको थियो । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष शाहीलाई स्थानीयले समेत साथ दिँदै आएका छन् ।पूर्व गृहमन्त्री तथा राप्रपा नेता निरञ्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम नगर्न चेतावनी दिए । प्रहरीले अनावश्यक रुपमा दुःख गर्ने गरी मध्यरातमा घरमै पुगेर गरेको कार्यप्रति राप्रपाले विरोध गरेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल