Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण

एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण


गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्पपीडितलाई साढे तीन लाख रूपैयाँबराबरको राहत सामग्री सहयोग गरिएको संघकी कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिइन् । संघले उद्योग वाणिज्य सघहरूसँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्र्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्रीमा खाद्यान्न तथा लत्ताकपडा रहेका छन् । यसले भूकम्पबाट पीडितहरूलाई तत्कालै सानो भए पनि राहत मिल्ने थापाले बताइन् ।

गत कात्तिक २२ गते मंगलबार दिपायल केन्द्रविन्दु भएर आएको ५।७ म्याग्निच्युटको भूकम्पले घर भत्किँदा डोटीमा छ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खालगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।

एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामग्री वितरण गरिएको र यसले भूकम्पपीडितहरलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #NRNA, #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस