गृहपृष्ठ ∕ समाचार ∕ भारतलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा ग्ल्याण्ड भारतलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा ग्ल्याण्ड दीप संञ्चार कात्तिक २४, २०७९ गते १९:५७ मा प्रकाशित ओपनर एलेक्स हेल्स र कप्तान तथा ओपनर जोस बटलरको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।एडिलेड ओभलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा विना विकेट पुरा गर्यो । इंग्ल्याण्डको जितमा दुवै ओपनरले आक्रामक ब्याटिङ गरे । हेल्सले ४७ बलमा ४ चौका र ७ छक्काको मद्धतमा ८६ रनको योगदान गरे । बटलरले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ८० रनको उत्कृष्ट अर्धशतकिय पारी खेले ।यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए ।कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए ।अब इंग्ल्याण्डले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट, #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यपशुपतिमा बालाचर्तुदशीको तयारी पूराआजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुनेपरराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ : उपप्रधानमन्त्री खड्का,आधिकारिक छान्ने जिम्मा जनसम्पर्क समितीलाई नै एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर आजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने हेर्नुहोस् तपाईको आजको राशिफल यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय