गृहपृष्ठ ∕ समाचार ∕ भारतलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा ग्ल्याण्ड भारतलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा ग्ल्याण्ड दीप संञ्चार कात्तिक २४, २०७९ गते १९:५७ मा प्रकाशित ओपनर एलेक्स हेल्स र कप्तान तथा ओपनर जोस बटलरको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।एडिलेड ओभलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा विना विकेट पुरा गर्यो । इंग्ल्याण्डको जितमा दुवै ओपनरले आक्रामक ब्याटिङ गरे । हेल्सले ४७ बलमा ४ चौका र ७ छक्काको मद्धतमा ८६ रनको योगदान गरे । बटलरले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ८० रनको उत्कृष्ट अर्धशतकिय पारी खेले ।यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए ।कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए ।अब इंग्ल्याण्डले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट, #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ