Techie IT
×
गृहपृष्ठसमाचारबाेलेराे दुर्घटना हुँदा नवजात शिशुसहित आमाकाे मृत्यु, ६ जना घाइते

बाेलेराे दुर्घटना हुँदा नवजात शिशुसहित आमाकाे मृत्यु, ६ जना घाइते


बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित उनको एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेका क्रममा लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्रीको अगाडि ना ३ च ३५७५ नम्बरको बोलेरो  अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाईडरमा ठोकिएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस