Techie IT
×
गृहपृष्ठसमाचारजसपा निकट प्रवास संगठन नेपाली समाज कतारका वरिष्ठ उपाध्यक्ष सहित दर्जनौं कार्यकर्ताद्वारा पार्टी परित्याग गरेको घोषणा

जसपा निकट प्रवास संगठन नेपाली समाज कतारका वरिष्ठ उपाध्यक्ष सहित दर्जनौं कार्यकर्ताद्वारा पार्टी परित्याग गरेको घोषणा


विकास  गैरे दोहा कतार -जनता समाजबादी पार्टी(जसपा)निकट प्रभाश संगठन नेपाली समाज कतारका वरिष्ठ उपाध्यक्ष सहित दर्जन बढिले पर्टी त्यागेको घोषणा गरेका छन ३१ अक्टोबर २०२२ कादिन सामाजिक सन्जाल मार्फत एक बिज्ञपप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन ।

तत्कालीन बरिस्ठ उपाध्यक्ष प्रकाश आले मगर कन्दरा न्युजका सम्बादाता सङ्ग कुरा गर्दै, १० बर्षे जनयुद्ध २०६२/ ६३ को शान्तिपुर्ण आन्दोलनले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षाता, समानुपातिक , समावेशीता, लगायतका ऐतिहासिक उपलब्धिहरुलाई रक्षा र संस्थागत गर्दै बाँकी रहेका हक अधिकारहरु सडक र सदन दुवै माध्यमहरुको समुचित प्रयोग मार्फत हासिल गर्दै समाजवादमा पुगेरै छाड्ने अन्तिम लक्ष्य र उद्देश्यका साथ एउटै मुद्दा र आस्था बोकेका विद्यमान राजनीति दलहरूसँग विभिन्न चरणहरुमा एकीकरण गर्दै ससफो सपा हुँदै जसपासम्म आइपुग्दा साच्चिकै नेपाल मा बैकल्पिक शक्ति को रुपमा स्थापित हुनेमा ढुक्क थियौ तर तेसो भएन ।

समग्र मधेश र मधेसको आन्दोलन र मुद्दाको रक्षाको निम्ति बिचार र भावना मिल्ने पार्टीसङ्ग सहकार्य को निम्ति छिटै आफुसहित प्रभास कमिटी कतार मा रहेका १५० भन्दा बढी कार्य कर्ता सहित पार्टि प्रवेश गर्ने घोषणा पनि बरिस्ठ उपाध्यक्ष आले मगरले जानकारी गारएका थिए ।

जनता समाजबादी पार्टी (जसपा) अहिले चुनावी तालमेलकै कारण बिबादास्पद बनेको छ ।। पहिला एमालेलाइ प्रतिगमन को बिल्ला भिरएको पार्टी अहिले तेहि प्रतिगमन सङै चुनावी तालमेल गर्ने भएपछी जसपा विशेषत प्रभास कमिटिहरु रुष्ट बनेका थिए ।

प्रेस विज्ञप्ति 

आधुनिक नेपालको राजनीतिक इतिहासमा २०४६ सालको पहिलो नेपाली जनताको जनआन्दोलनले बहुदलीय राजतन्त्र बलिदानीपुर्ण संघर्षले १० बर्षे जनयुद्ध २०६२/ ६३ को शान्तिपुर्ण आन्दोलनले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षाता, समानुपातिक , समावेशीता, लगायतका ऐतिहासिक उपलब्धिहरुलाई रक्षा र संस्थागत गर्दै बाँकी रहेका हक अधिकारहरु सडक र सदन दुवै माध्यमहरुको समुचित प्रयोग मार्फत हासिल गर्दै समाजवादमा पुगेर छाड्ने अन्तिम लक्ष्य र उद्देश्यका साथ एउटै मुद्दा र आस्था बोकेका विद्यमान राजनीति दलहरूसँग विभिन्न चरणहरुमा एकीकरण गर्दै ससफो सपा हुँदै जसपासम्म आइपुग्दा साँच्चिकै वैकल्पिक पार्टी निर्माण हुन लागेको महशुस भएको थियो । देशमा श्रमको चरण अभावको कारण विदेशी भुमी कतारमा रहेर पनि आर्थिक, नैतिक, भौतिक, र समाजिक रूपमा हामीले हर्षौल्लाका साथ पार्टी संगठन निर्माण र विस्तारमा अहोरात्र खट्दै आएको यहाहरुलाई सर्वविधिततै छ । तत्कालीन प्रधानमन्त्री खडक प्रसाद ओलिले वर्तमानमा उल्लिखित संवैधानिक व्यवस्था विरुद्ध असंवैधानिक कर्तुत अपनाउदै पटकपटक जिवित संसदको हत्या गर्दै अग्रगामी र पश्रगामीका नाममा पार्टी विभाजित भइ जसपा र लोसपामा परिणत हुनु र पछिल्लो पटक मन्त्री मण्डल विस्तार गर्दै मन्त्रीहरु फेरबदल गर्ने क्रममा नातावाद, कृपावाद र आर्थिक चलखेलको कारण पुनः बिभाजित भइ जसपामा परिण हुनु पहिचान पक्षधरहरुको लागि अत्यन्तै दु:खद क्षण थियो । पाँच दलिय गठबन्धनको नाममा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले ब्यहोर्नु परेको ठूलो क्षतिलाई मध्यनजर गर्दै आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा उक्त पाँच दलिय गठबन्धनबाट अलग्गिएर आफैले करार गरेको प्रतिगामणकारी पार्टी नेकपा एमालेसँग नयाँ चुनावी गठबन्धनमा बाँधिनुने अंक गणितीय जोड-घटाउमा केही महत्त्व त राख्लान तर पार्टीले बोकेको वैचारिक तथा नीति सिद्धान्त र पहिचानको सवालमा अत्यन्तै हानिकारक र प्रत्युत्पादक रहेको ठहर गर्दै आजकै मिति देखी यस जनता समाजवादी पार्टीको प्रवास संगठनबाट तल नाम उल्लिखित भए बमोजिमको पदाधिकारीहरुले यसै विज्ञप्तिमार्फत उक्त पार्टी परित्याग गरेको घोषणा गर्दछौ ।

No description available.

No description available.


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस