गृहपृष्ठ ∕ समाचार ∕ यस्तो छ सन्दीप लामिछानेविरूद्ध पीडित किशोरीले दिएको बयान यस्तो छ सन्दीप लामिछानेविरूद्ध पीडित किशोरीले दिएको बयान दीप संञ्चार कात्तिक १४, २०७९ गते २१:३५ मा प्रकाशित क्रिकेटर सन्दीप लामिछानेले आफूलाई दुई पटक बलात्कार गरेको भन्दै नाबालिग (किशोरी)ले प्रहरीलाई बयान दिएकी छन्।प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी हुन् । किशोरीको बयान अनुसार भदौ ५ गते बिहानैदेखि किशोरी र लामिछानेबीच कुराकानी भएको थियो।उनले दिएको बयान अनुसार लामिछानेले भेट्ने प्रस्ताव गरेका थिए। किशोरीले भने काम छ भन्दै भेट्न इन्कार गरेकी थिइन्। त्यसपछि लामिछानेले आफू भदौ ६ गतेदेखि केन्यामा हुँदै गरेको क्रिकेट म्याच खेल्न जान लागेकोले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ कतै घुम्न जाउँला भनेका थिए।आफूले यसबारे सोचौंला भन्दाभन्दै सन्दीपले कर गरेको बयान किशोरीले दिएकी छन्।किशोरीको बयान-स्न्याप च्याट भन्ने एप मार्फत चिनजान भएका प्रतिवादी सन्दीप लामिछानेले मिति २०७९।०५।०१ गतेबाट निजले पारिवारिक पृष्ठभूमि समेतको विषयमा सोधखोज गरी विभिन्न बहानामा नजिक हुन खोजी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई विभिन्न फोटो भिडियोहरू समेत पठाउन लगाई भेट्ने प्रस्ताव राखी भेट गर्नको लागि बोलाउने गरेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले विभिन्न कामहरू भएको भनी भेट गर्न नमान्दा निजले कर गरी २०७९।०५।०६ गते बेलुका ८ः०० बजे केन्याको लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्की क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्डतर्फ जाने र सोको दुई महिनासम्म पनि नेपाल फर्कन पाउँदिन भेट गरी कतै घुम्न जाउँ मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ भनी जोडबल गरी मिति २०७९।०५।०५ गते भेटौं भनी फोन गरी कर गरेकोले मिति २०७९।०५।०५ गते १९ः०० बजेको समयमा भेट भई निजको ०२६ च ४४४४ नम्बरको निशान एक्स ट्रेल गाडीको अगाडी बसी जाने क्रममा नाइस टु मिट यू भनेर साईडबाट अँगालोमा राखी जाँदै गर्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कहाँ जाने भनी सोध्दा लेट्स सी भनेर सिनामंगल तर्फ गाडी मोडी भित्रीबाटोबाट तीनकुने हुँदै कोटेश्वरतर्फ जाँदै गर्दा कता जान लागेको हो र ? भनेर सोध्दा समेत केही नभनी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मञ्जुरी बिना भित्रिबाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ पुर्याई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा रातको करिब २०ः२० बजेको समयमा पुर्याई सोही होटलको भीआइपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गर्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मिति २०७९।०५।०६ गते बिहान काम र कलेज रहेकाले बस्न नमिल्ने भनी होटलमा बस्न नमानेपछि गाडीमा बसी फर्कने क्रममा नगरकोटबाट ओरालो झर्दा एउटा हातले मेरा निजी अङ्गमा छुन खोजी, नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कदा राती अबेर भइसकेका कारणले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को होस्टलमा सिधै प्रवेश मिल्दैन भन्ने कुराकानी हुँदा कतिवटा रुम बुक गर्ने भनी निजले सोधेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले दुईवटा रुम लिनु भनी आग्रह गरेकोमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मोबाइल समेत आफूले कब्जामा लिई राती करिब २३ः५५ बजेको समयमा गाडी सिधै काठमाडौँ महानगरपालिका ९, पिंगलास्थानस्थित होटल काठमाडौँ ईनमा ल्याई कोठा नं. ३०५ बुक गरी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई सिधै होटल कोठामा लगी रुमको कोठामा एसी खोली बेडमा गएर आराम गर भने अनुसार परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) आराम गर्न बेडमा पल्टिएको अवस्थामा प्रतिवादी आफू सोफामा बसी मोबाइल चलाई रहेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) सोही बेडमा निदाएको अवस्थामा प्रतिवादी सोही बेडमा आई सुती जबरजस्ती जिउमा छाम्न थालेकोमा ज्यान चल्न नसक्ने जस्तो भई सुतेकै अवस्थामा मिति २०७९।०५।०६ गते बिहानको राति करिब ००:२५ बजेको समयमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले लगाएको पाइन्ट जबरजस्ती खोली आफूले लगाएको पाइन्ट समेत खोली जबरजस्ती करणी गरी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को शरीरमा …. समेत झारी बाथरुम गई पुनः बेडमा नै आई सुतेकोमा त्यसको करिब एक घण्टा पछाडी निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को शरीरमा छाम्ने, कपाल तान्ने र ढाडमा पिट्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) डर लागेर रुँदा समेत प्रतिवादीको बलियो जिउले मलाई चल्न नदिई रुँदा कराउँदा समेत नछाडी पुनः जबरजस्ती करणी गरी मिति २०७९।०५।०६ गते बिहान प्रतिवादी उठी ०७:०० बजे पीसीआर परीक्षण छ भनी होटल कोठाबाट सँगै निस्कने क्रममा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) गाह्रो भई बिस्तारै झर्दै गर्दा निज प्रतिवादीले गाडी निकाली परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई गाडीमा बस्न भनी तिलगंगा कोरिडरको बाटो हुँदै रिङरोड निस्किई पुरानो बानेश्वरतर्फ लगेर होस्टल अगाडी लगेर छाडि दिई फरार भएको हुँदा निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई जबरजस्ती करणी जस्तो जघन्य अपराध गरेकाले निजलाई पक्राउ गरी मुलुकी फौजदारी संहिताको जबरजस्ती करणी सम्बन्धी कसुरमा हदै सम्मको कारबाही र सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउँ ।’क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #सन्दीप लामिछाने तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै